धनकुटामा ३९ औं मगर एकता दिवस मनाइयो।


फागुन १५ धनकुटा ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाले आज आफ्नो ३९ औं मगर एकता दिवस मनाएको छ । धनकुटा १ हिलेमा एक कार्यक्रमको आयोजना गरि संघले आफ्नो एकता दिवस मनाएको हो । सोही अवसरमा संघले विभिन्न क्षेत्रबाट मगर संघ र विभन्न समुदायलाई सहयोग पुर्याएको भन्दै भर्खरै मात्र श-सस्त्र प्रहरीको डिआईजी पदमा वढुवा हुनुभएका श-सस्त्र प्रहरीका डिआईजि गणेश ठाडा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितका पूर्व अध्यक्ष तथा सल्लाहकार समित संयोजक जेवि घले र समितिका पूर्व अध्यक्ष शान्ता समाललाई सम्मान गरेको छ । उनिहरुलाई सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य गणेश पिठाकोटे, नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष चेत वहादुर रानामगर लगायतले सम्मान गरेका थिए । कार्यक्रममा मगर समुदायका कलाकारहरुले साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । मन्तव्य संघका सल्लाहकार समिति संयोजक जेवि घले, सल्लाहकार ईन्द्र सारु लगायतले राखेका थिए ।