धनकुटाको पाख्रिवासको १० वटै वडामा गरिनेखाने कार्यक्रम।


धनकुटा १७ फाल्गुण,धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको १० वटै वटा वडाहरुमा नेपाली कांग्रेस धनकुटाले गरिने कार्यक्रम आज देखी संचालन गरेको छ ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले धनकुटाको पाख्रिवास नगरमा आज गरिनेखाने कार्यक्रमको प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम संचालन गरी पाख्रिवास नगरपालिका भरी कार्यक्रमको शुभारम्भ गरेको हो ।
उक्त कार्यक्रममा १ नम्वर प्रदेश सभा सांसाद लिला सुब्बाले गरिने कार्यक्रम राजनिति गर्नेका लागी फलदायी हुने वताउदै राजनीतिलाई समेत अव सवैले सम्मानीत बनाउनु पर्नेमा जोड दिनु भयो ।
पाख्रिवास नगरपालिकाका १० वटा वडाहरुका सभापतिहरु लगायत १ सय ५३ जन सहभागीहरुलाई नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका १ नम्वर प्रदेशका सदस्य तथा धनकुटका कोषाध्य दिनेश राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमलाले गरिने खाने कार्यक्रम के हो र किन अनी गरिने खाने कार्यक्रमसंग कसरी जोडिने लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका कार्यवहाक सभापति प्रेम भण्डारीको अध्यक्षतमा सम्पन्न भएको गरिने कार्यक्रमको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,गोरख वहादुर पिठाकोठे,जयन्द्र घिसिङ्ग, क्षेत्रिय सचिव हरी वहादुर राई, सदस्य ज्योती गुरुग,महिला संघका सदस्य गंगा गुरुङ्ग,नगर कार्य समितिका सचिव चन्द्र वस्नेत,तरुण दलका क्षेत्रिय सदस्य सन्तोष मानन्धर,पाख्रिवास सभापति रविन राई लगायतले समेत आ आफ्नो धारणा राख्नु भएको थियो ।
धनकुटा नगरपालिकाका १० वटै वडाका सभापति लगायत सवै सहभागीहरुले कांग्रेसले संचालन गरेको गरिने खाने अभियानले सवै कांग्रेसजनलाई उद्यमी र व्यावसायी बनाउदै स्थायी रुपमा दहेसंग राजनिति गर्ने वातावरण सिर्जना गर्ने भएकोले उपलब्धी मुलुक र फलदायक हुने वताएका छन ।