धनकुटाको चौविसेको मौनावुधुकमा रहेको प्रसिद माता खादले शिद्धदेवीको प्रवेशद्धार,प्रतिक्षालयको समुद्घाटन।


धनकुटा १८ फाल्गुण, धनकुटा जिल्लाको चौविसे गाउपालिकाको मौनावुधुकमा रहेको प्रसिद माता खादले शिद्धदेवीको प्रवेशद्धार गेटको र प्रतिक्षालयको आज १ नम्वर प्रदेश सभाका सांसद लिला सुब्बाले समुदघाटन गर्नु भयो ।
धनकुटाको चौविसे क्षेत्रको प्रसिद्ध माता खादले शिद्धदेवीको दुई वटा ,प्रतिक्षालय,र पहिरो नियन्त्रण गर्न ग्याभिक बालको निर्माण प्रदेश सभाका सांसद लिला सुब्बाको सांसद विकास कोषको ५ लाख रुपैया र जनश्रमदानगरी जम्मा ५ लाखा ५५ हजार रुपैया वरारवरको लागतमा निर्माण सम्पन्न भएको चौविसे गाउपालिका वडा ७ का वडाध्यक्ष दुर्गा सुवेदीले वताउनु भयो ।
माता खादले शिद्धदेवीको प्रवेशद्धार निर्माण समिति मौनावुधुकका अध्यक्ष सुरेन्द्र चेम्जोगको अध्यक्षतमा सम्पन्न भएको प्रवेशद्धार तथा प्रतिक्षालयको समुदघाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वडाध्यक्ष दुर्गा सुवेदी,समाजसेवीहरु कृष्ण गोविन्द्र चेम्जोग, यूवा नेता हर्कमान चेम्जोग,मौनावुधुक बजार व्यवस्थापन समितिका अध्यक्ष केदार निरौला,समाजसेवी अर्जुन वराल, नेपाल महिला संघका निरुपा राई,जानुका सुन्दास लगायतकोको उपस्थिति रहेको थियो ।
स्थानीय बुद्धीजिवि तथा समाजसेवी ललित वहादुर चेम्जोगले कार्यक्रमको संचालन गर्दै माता खादले शिद्धदेवीको महिमाको वारेमा प्रकाश पार्नु भएको थियो ।
निसन्तान भएकाहरुले माता खादले शिद्धदेवीको र्दशन गरी पुजा तथा आरधना गरी सन्तानको माग गरे सन्तान हुने र मनोकाक्षा पुरा हुने जनविश्वास रहेकोले मुलुकका विभिन्न जिल्लाहरुबाट यहा पूजा तथा आरधना गर्न आउने गरेको समाजसेवी कृष्ण गोविन्द्र चेम्जोगले वताउनु भयो । सो अवसरमा उपस्थित सवैले माता खादले शिद्धदेवीको मन्दिरमा पुजा तथा आरधना समेत गर्नु भएको थियो ।