कोभिड-१९ रोग विरुध्दको खोप अभियानबारे धनकुटाका संचारकर्मीहरूसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न।

29Shares

फागुन १९ धनकुटा ।-नरेन्द्र कश्चित

स्वास्थ समृद्धि र सुरक्षा,कोभिड खोपले गर्छ रक्षा भन्ने मुल नाराका साथ कोभिड-१९ रोग विरूध्दको खोप अभियानमा संचारकर्मी र सरोकारवालाहरूसँगको अभिमुखिकरण कार्यक्रम आज धनकुटामा सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड-१९ रोगको परिचय,अवस्था र रोकथाम तथा नियन्त्रण,खोप अभियानको औचित्य र संचालन प्रक्रिया ,संचालन हुने क्रियाकलाप,खोप समन्वय समितिको भूमिका,कोभिड-१९ को उच्च जोखिम बर्ग,कोभिड-१९ बाट बच्ने उपायहरू,कोभिशिल्ड भ्याक्सिनको प्रयोग,कोभिशिल्ड खोप दिदा सावधानी अपनाउनु पर्ने अवस्था,लगायतकाको विषयमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईँले सहजीकरण गर्नु भएको थियो ।

धनकुटा जिल्लाको सबै नगरपालिका र गाउँपालिकामा फागुन २३ देखि २५ गते सम्म ५५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूलाई कोभिड -१९ विरूध्दको खोप अभियान संचालन हुने कुरा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईँले बताउनु भयो ।

स्वास्थ समृद्धि र सुरक्षा,कोभिड खोपले गर्छ रक्षा भन्ने मुल नाराका साथ धनकुटामा आज भएको कोभिड-१९ रोग विरूध्दको खोप अभियानमा संचारकर्मी र सरोकारवालाहरूसँगको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य प्रमुख गुरागाईँले बताउनु भएको हो ।

फागुन २३ देखि २५ गतेसम्म संचालन हुने खोप अभियानमा जिल्लाभरि १ सय १५ वटा खोपकेन्द्र निर्धारण गरिएको छ भने ३ सय ५० जना स्वयंसेवकहरूलाई तालिम समेत प्रदान गरि सकिएको छ ।

उक्त खोप अभियानमा महालक्ष्मी नगरपालिकामा ४ हजार ३ सय ७३,धनकुटा नगरपालिकामा ५ हजार १ सय ३३,पाख्रिबास नगरपालिकामा २ हजार ८ सय २०,चौबिसे गाउँपालिकामा २ हजार ३ सय ८४,साँगुरीगढी गाउँपालिकामा,२ हजार ७ सय ६८,सहिदभुमि गाउँपालिकामा २ हजार ३ सय ९४ जना गरि जिल्लाभरि २२ हजार ४ सय ९३ जनालाई कोभिड-१९ विरूध्दको खोप कोभिशिल्ड लगाइदिने लक्ष्य लिइएको स्वास्थ्य प्रमुख गुरागाईँले बताउनु भयो ।

29Shares