फागुन २० धनकुटा ।
धनकुटा जिल्लाको चौविसेको मौनावुधुक राजारानी लगायत विभिन्न स्थानमा कांग्रेसको भेला तथा गरि खाने कार्यक्रमको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त भेलाहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले अहिले सवै नेपालको ध्यान संसद तर्फ गएको वताउनु भयो । उहाले अव ढिलो चाडो निर्वाचन हुने त्यसबाटै मुलुकको समस्या समाधान हुने समेत वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठले अव कांग्रेसको विकल्प नरहेको वताउनु भयो । भने प्रदेश सभा सांसद लिला सुब्बाले मुलुकमा महिला हिंसा बढेकोले यसको अन्त्य गर्न सवै लाग्नु पर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलले कांग्रेस जहिले पनि जनताको पक्षमा रहेको वताउनु भयो ।
नेपाली कांग्रेस चौविसे गाउपालिका वडा नं. ७ का सभाापति सुरेन्द्र चेम्जोगको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेसले संचालन गरेको गरिने खाने कार्यक्रमको वारेमा प्रशिक्षण दिनु भएको थियो भने स्वागत मन्तव्य महासमिति सदस्य ललित वहादुर चेम्जोगले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटका महासमिति सदस्य दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोग,क्षेत्रिय सभापति जितेन्द्र राई,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,पूर्व जिल्ला सदस्य पदम वहादुर राई,क्षेत्रिय सदस्य गजेन्द्र खतिवडा, नेपाली कांग्रेसका नेता यज्ञ कार्की, नेपाली कांग्रेस बोधेका सभापति मेख वहादुर थापा,नेपाल महिला संघ धनकुटाका जिल्ला सहसचिव जानुका सुन्दास लगायतले समेत आ आफ्नो धारणा राख्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेसका नेता प्रदेश सभा सांसद लिला सुब्बा,धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दास लगायतका जिल्ला नेताहरुले नेपाली कांग्रेस चौविसे गाउपालिकाको राजारानीमा भेटघाट कार्यक्रममा उपस्थित कांग्रेसजन संग छलफल गर्नु भएको थियो । भने जिल्ला सचिव विजय सन्तोषी राईले गरिने खाने कार्यक्रमको वारेमा सहजीकरण गर्नु भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापति बिजु राई,यूवा नेता मणी चेम्जोग,चौविसे गाउपालिका वडा नं. ६ राजारानीका सभापति नगेन्द्र राई,निर्वाचित वडा सदस्य हर्कमाया राई,तरुण दलका नेता गोविन्द राई लगायतका नेताहरुले पार्टी संगठन विस्तार तथा सुदृढीकरणको वारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।