अनियमितताको आरोपमा नेबि संघद्वारा धनकुटा क्याम्पस बन्द कार्यक्रम स्थगित।

11Shares

फाल्गुन २२/ परिक्षामा भएको अनियमितताको बिषयमा छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितीले थालेको चरणबद्ध आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ ।

परिक्षाको विश्वसनीयता र अनियमितताको छानबिन गर्ने तर्फ त्रिभुवन विश्वविद्यालयको समेत ध्यान आकर्षण भइ परिक्षमा भएको अनियमितताको छानबिन समिति गठन गरि छानबिन थालेकोले छानबीन समितिलाई अनुसन्धान गरि दोषि माथि कार्वाही गर्नका लागि सहजिकरण गर्न सहयोग पुर्याउन फागुन २५ गते सम्मका लागि आन्दोलन स्थगित गरिएको संघले जनाएको छ । जसअनुसार आज देखि २५ गते सम्म् आन्दोलन स्थगित गरेको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापती करुण कटुवालले जानकारी दिनु भयो । छानबिन प्रतिवेदन सार्वजनिक भएपछि यदी दोषी माथि कार्बाही नभए फेरी सशक्त आन्दोल गर्ने उहाँले बताउनु भयो ।

11Shares