धनकुटा वितरणसंघको दोस्रो अधिवेबनबाट नेतृत्व पुन नविकरण भयो।

20Shares

धनकुटा २२ फाल्गुण ,धनकुटा वितरण संघको आज सम्पन्न दोस्रो अधिवेशनबाट पुन कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उदेघाटन गर्नु भएको धनकुटा वितरक संघको दोस्रो अविशेनबाट पुन अध्यक्षमा कृष्णराज श्रेष्ठ,वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान,उपाध्यक्षमा सुन्दर आर्चाय,महाासचिवमा डिजेश शाक्य,सचिमा उज्वल कटेल र कोषाध्यक्षमा बिपिन थापा निर्वाचित हुनु भएको छ ।
यसैगरी वितरक सघ धनकुटाको कार्यकारी सदस्यहरुमा रमेश तिम्सिना,देवेन्द्र प्रधान, गणेश पौडेल,कमल खतिवडा, उत्सव केटल निर्वाचित हुनु भएको छ ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आर्थिक समृद्धीको आधार उद्योग,व्यापार र व्यावसायनै भएको वताउनु भयो ।
धनकुटा वितरक संघका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षतमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,धनकुटा लेडिज जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्दै निजिक्षेत्रले विकास र समृद्धीका लागी महत्वपूर्ण योगदान पु¥यादै आएको वताउनु भयो ।
सो अवसरमा स्वागत मन्तव्य वितरक संघ धनकुटाका उपाध्यक्ष सुन्दर आर्चायले गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन तत्कालिन कोषाध्यक्ष विक्रम प्रधान र प्रगती प्रतिवेदन तत्कालिन सचिव डिजेश शाक्यले प्रस्तुत गर्नु भएको थियो ।

20Shares