वैदेशिक रोजगारमा जान लागेको युवा हरुसङ्ग हिलेमा अन्तर्कृया कार्यक्रम।


फागुन २२ धनकुटा ।
कोरोना महामारीका कारण आफ्नो रोजगारी गुमाई वैदेशिक रोगारबाट फर्किएका र रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका नागरिकाहरु सँग आज हिलेमा अन्तरक्रिया गरिएको छ ।

उनिहरु सँग सूरक्षित वैदेशिक रोजगारका लागि सचेतना तथा वित्तिय साक्षरता सम्वन्धि विषयमा अन्तरक्रिया गरिएको हो ।

धनकुटा नगरपालिकाको आयोजनामा सञ्चालित अन्तरक्रियामा आप्रवासी श्रोत केन्द्र धनकुटाले स्थापनाकाल देखी वैदेशिक रोजगारमा जाने वा गएका सँग सम्वन्धित व्यक्तिका लागि अहिले सम्म गरेका काम,भावि योजना,वित्तिय साक्षरता,वैदेशिक रोजगारका लागि सूरक्षित बाटो लगायतको वारेमा जानकारी गराईएको छ ।

स्थापना कालदेखी अहिले सम्म आप्रवासी श्रोत केन्द्र धनकुटामा वैदेशिक रोजगारीमा गएकाहरुको जम्मा ३० वटा मुद्धा परेको मध्ये १५ वटा सफल भईसकेको केन्द्रका सूचना अधिकारी मञ्जु राईले जानकारी दिनुभयो ।

जसअनुसार मृत्यू केस ९ वटा परेको मध्ये ७ वटा सफल भईसकेको र अन्य ३ वटाको प्रक्रिया जारी रहेको, ठगी केस ७ वटा परेको मध्ये ३ वटा सफल भएको र अन्यको प्रक्रियामा रहेको राईले वताउनुभयो ।

धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण केन्द्रका सूचना अधिकारी राई सहित धनकुटा नगरपालिकाका लेखा अधिकृत नर वहादुर भुजेल,कविता राई लगायतले गरेका थिए । अन्तरक्रियाको सञ्चालन वडा सचिव तेज वहादुर थापाले गर्नुभएको थियो ।