नारी दिवसमा महिला उद्यमी सम्मानित।

1Shares

फागुन २४ धनकुटा ।

छथरजोरपाटी गाउँपालिका धनकुटाले ६ वडाका महिला उद्यमी र एक अगुवा महिलालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

पालिकाले १११ औ अन्त्तराष्ट्रिय महिला दिवसको अवसरमा उद्यमी अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेर महिलाहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

वडा नं.१ का ढाका उद्यमी रविना लिम्बू,वडा नं.२ का ज्याकेट तयारी ब्यबसायी कल्पना दर्लामी मगर,वडा नं.३ का बाख्रा पालक उद्यमी उर्मिला भुजेल वडा नं. ४ का सिलाई कटाई ब्यबसायी पार्वता जवेगु लिम्बू,वडा नं.५ का चिप्स तथा कुरमुरे उत्पादक पार्वता संग्रौला ओझा र वडा नं.६ का थुक्पा उद्योगी मेनुका कार्की सम्मानित तथा पुरस्कृत हुनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा पालिका उप-प्रमुख भीमकला श्रेष्ठ,कार्यक्रमका प्रमुख अतिथी तथा पालिका प्रमुख शेरबहादुर लिम्बूले दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो ।

कार्यक्रममा वडा नं. २ की महिला अगुवा धनीमायाँ सिंजालीलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरिएको छ ।
सम्मानित धनीमायाँलाई कदर–पत्र,पुरस्कृत ६ उद्यमीलाई कदर–पत्र र ब्याग समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तथा पालिका प्रमुख शेरबहादुर लिम्बूले महिलाहरुलाई राज्यले पुरुष सरह अधिकार प्रदान गरिएकोले प्राप्त अधिकार सदुपयोग गरे महिलाहरूले सहज रुपमा जीवनयापन गर्न पुग्ने बताउनु भयो ।

महिलाहरुलाई वडा अध्यक्षका तर्फबाट वडा नं.६ का अध्यक्ष दिलबहादुर थापा,पालिका सदस्य गंगामायाँ लिम्बू,पालिकाका निमित्त प्रशासकीय अधिकृत निर्मला सुवेदीले १११औ अन्त्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनु भयो ।

कार्यक्रमको औचित्य तथा महिला दिवसको बिषयमा पालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी प्रदान गर्नु भयो ।

महिला दिवशको अवसर पारेर पालिकाले आफ्ना ६ वटा वडाका महिलाहरुका लागि १५ दिने बुटिक तालिमको उद्घघाटन पनि गरेको छ ।

1Shares