टङ्क मा.बि. भिरगाउमा आइसिटी ल्याब सन्चालन।

19Shares

फागुन २७ धनकुटा ।
धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा हिजोदेखि आईसिटी ल्याव सञ्चालनमा ल्याईएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरको सहयोगमा २० वटा कम्प्यूटर जडान गरि आईसिटी ल्याव सञ्चालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्कर्माले जानकारी दिनुभयो । विद्यालयको २ लाख ५० हजार र सामाजिक विकास मन्त्रालयको ६ लाख ५० हजार लागतमा ल्याव सञ्चालनमा ल्याईएको विद्यालयले जनाएको छ । ल्यावको हिजो एक कार्यक्रमको वीच १ नं प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले समुद्घाटन गर्नुभएको थियो । आईसिटी ल्याव उद्घाटन गर्दै उहाँले यसको प्रयोगले विद्यालयको शैक्षिक क्षेत्रमा सुधार आउने वताउनुभयो । यो ल्यावले विद्यार्थीहरुलाई समयअनुकूलको प्रविधिमैत्री शिक्षा हाँसिल गर्न सहज हु्ने समेत उहाँले वताउनुभयो । सूचना,सञ्चार तथा प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक्ता महशुष भई सो विद्यालयमा आइसिटी ल्यावको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै धनकुटा नगरपालिका २ नं वडाध्यक्ष चन्द्रलाल तामाङले वडाको तर्फबाट विद्यालयको शैक्षिक,भौतिक पक्ष थप व्यवस्थापनका लागि सदैव लगी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा मोनि अक्षयकोष संस्थापक हर्क वहादुर परियारको तर्फबाट कक्षा ३ र ४ का ४५ जना विद्यार्थीहरुलाई स्कूल व्याग समेत प्रदान गरिएको छ । त्यस्तै शिक्षक बाबुराम लामिछानेद्धारा २०७६ सालमा २५ हजारको अक्षयकोष स्थापना गरिएकोमा ७५ हजार थप गरि एक लाख पुर्याएको छ । कक्षा ६ देखी १० सम्मका विद्यार्थीका अभिभावकहरु सँग शैक्षिक अन्तरक्रिया समेत गरिएको कार्यक्रममा विद्यालयको गतिविधिको वारेमा प्रधानाध्यापक विश्वकर्माले जानकारी गराउनुभएको थियो । सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो भने स्वगत मन्तव्य शिक्षक पञ्चमाया तामाङले राख्नुभएको थियो ।

19Shares