शिवरात्रीको उपलक्ष्यमा सास्कृतिक र चिठ्ठा कार्यक्रम पाख्रीबासमा

20Shares

फागुन २७ धनकुटा ।
कैलाशनाथ मन्दिरको संरक्षण सम्वद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ महाशिवरात्रीको दिन आज धनकुटाको पाख्रीवासमा विभिन्न धार्मिक, साँस्कृतीक मेला एवम् भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना हुदै छ ।

महाशिवरात्रीको अवसरमा कैलाश नाथ युथ क्लवले कार्यक्रम आयोजना गर्न लागेको हो । जसका लागि आवश्यक तयारी पूरा भएको कैलाश नाथ युथ क्लवका अध्यक्ष सन्तोष मानन्धरले जानकारी दिनुभयो । कार्यक्रममा धार्मिक र्याली प्रदर्शन, वालन, भजन,किर्तन तथा मेला लाग्ने छ । भाग्यशाली चिठ्ठा कार्यक्रमका प्रथम स्थान हाँसिल गर्ने विजेता १ जनाले १ थान फ्रिज, दोश्रो हुने १ जनाले १ थान उफर, तेश्रो हुने १ जनाले राईस कुकर १ थान र शान्त्वना स्थान प्राप्त गर्ने ५ जनालाई १(१ थान भित्ते घडीं प्रदान गरिने आयोजकले जनाएको छ ।

20Shares