शिवरात्रीको उपलक्ष्यमा पाख्रीबास कैलाशनाथ मन्दिरमा धार्मिक कार्यक्रम सम्पन्न

36Shares

फागुन २७ धनकुटा ।
आज महाशिवरात्रि पर्व अवसरमा धनकुटाको पाख्रीवास स्थितको कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिएको छ । कैलाशनाथ युथ क्लवको आयोजनामा धार्मिक, साँस्कृतीक मेला एवम् भाग्शाली चिठ्ठा कार्यक्रम सञ्चालन गरिएको हो । मन्दिरको संरक्षण संवद्र्धनमा सहयोग पुर्याउने लक्षका साथ आयोजित कार्यक्रम तथा मेलामा सयौ भक्तजनको उपस्थिती थियो । भाग्यशाली चिठ्ठा कार्यक्रमको प्रथम विजेत रिता श्रेष्ठ हुनुभएको छ । उहाँले उपहार स्वरुप १ थान फ्रिज प्राप्त गर्नुभएको छ । त्यस्तै दोश्रो भएका साहिल राईले एक थान उफर, र तेश्रो भएका रमेश कार्कीले एक थान राईस कुकर पुरस्कार प्राप्त गर्नुभएको आयोजक क्लवका अध्यक्ष सन्तोष मानन्धरले जानकारी दिनुभयो । त्यस्तै अच्युत निरौला,सेलिन राई, दीपाञ्जली राई, स्माईल मगर र वोल वहादुर खड्काले शान्त्वना पुरस्कार एक,एक वटा भित्ते घडी पुरस्कार जितेका छन् । उता शिवरात्रीको अवसरमा धनकुटाको मुलघाट, नर्वदेश्वर,लेगुवाको शिव मन्दिर लगाएतका जिल्लाका शिव मन्दिर पुजा पाठ गरिएको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास छ ।

36Shares