सामुदायिक प्रसारण संघ (आकोराव) प्रदेश १ को अध्यक्षमा बिदुर खवास।

60Shares

फागुन २७ धनकुटा ।
सामुदायिक प्रसारक संघ अकोरावको १ नं प्रदेश अध्यक्षमा रेडियो लालिगुरास धनकुटा (हिले) का स्टेसन प्रमुख विदुर खवास चयन हुनुभएको छ । अकोरावको १५ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशन बाट खवास प्रदेश १ को अध्यक्षमा चयन हुनुभएको हो । प्रदेश उपाध्यक्षमा पुनम प्रधान रेडियो साथि झापा, सचिव पूर्ण प्रसाद न्यौपाने भिजन एफएम ओखलढुङ्गा र रेडियो मकालुका सरोज राई कोषाध्यक्षमा चयन भएका छन् । अन्य सदस्यहरुमा माधव सुवेदी रेडियो नयाँ अभियान मुढेसंसारे, सुशील घिमिरे नागरिक एफएम झापा रहेका छन् । संघको ७ सदस्यीय प्रदेश कमिटी गठन गरिएकोमा अब एक जना सदस्य थप गर्न बाँकी रहेको अकोराव प्रदेश कमिटीले जनाएको छ ।

60Shares