स्थापना दिवसमा सम्मान तथा पुरस्कार वितरण।


फागुन २८ धनकुटा ।

चौथो स्थापना दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिका धनकुटाले बृहत् सम्मान तथा पुरस्कार वितरण कार्य हिजो सम्पन्न भएको छ ।

पालिकाको विभिन्न जातजाति,शिक्षक,कर्मचारी,बिद्यार्थी तथा खेलाडी र पालिकालाई जमिन उपलब्ध गराउने दाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

जमिन दान गर्ने १० ,८ स्वास्थ्यकर्मी,२ शिक्षक,५ बिद्यार्थी,३ वडाका खेलाडि,३ बिद्यालय,५ निबन्धकार र बिभिन्न १० वटा नृत्य तथा जातिय झाँकीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

पालिकाले सामुदायिक भवनका लागि जमिन दान गर्ने वडा नं.४ का भवानी लिम्बू,खेलमैदानका लागि जमिन दान दिने वडा नं. ५ का गणेश बहादुर श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यसै गरि आदिवासी सामुदायिक हल बनाउन जमिन दान गर्ने वडा नं. ४ की आशमती लिम्बू,५ बेडको अस्पताल प्रयोजनका लागि जमिन दान गर्ने वडा नं.६ का गणेश श्रेष्ठ, गजेन्द्र श्रेष्ठ र खड्ग कुमारी श्रेष्ठलाई सम्मान गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि जग्गा दान गर्ने वडा नं. ५ का ढकलसिंह लिम्बू,५ बेडको अस्पतालका लागि जमिन दान गर्ने वडा नं. ६ का मनमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरि पालिकाले खोप केन्द्र निर्माणका लागि जमिन दान गर्ने वडा नं.५ का टंक बहादुर लिम्बू र ताँखुवा सामुदायिक भवन निर्माणका लागि जमिन दान गर्ने वडा नं. ३ का निरा सम्बाहाम्फेलाई सम्मान गरेको छ ।

पालिकाले शिक्षा तर्फ २०७६ सालमा गणित बिषयमा उत्कृष्ट अंक ल्याउन सफल बिद्यालयका गणित बिषयका शिक्षकहरुलाई समेत पुरस्कृत तथा सम्मान गरेको छ ।

पुरस्कृत तथा सम्मानित हुनेहरुमा ए.स.ई.ई.मा उत्कृष्ट अध्यापन गराएका लक्ष्मी मा.बि.सल्लेका शिक्षक श्री सुदिप कटुवाल र कक्षा ८ को परिक्षामा अब्बल नम्बर ल्याउन बिद्यार्थीलाई सबल बनाएका तिलेश्वर मा.बि.तेलियामा अध्यापन गराउने शिक्षक श्री गंगा बहादुर तामाङ रहेका छन् ।उनीहरुलाई जनही नगद रु १५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै पालिकाले कोरोनाको समयमा उत्कृष्ट काम गर्ने ८ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा ताँखुवा,तेलिया,परेवादिन र हात्तिखर्क स्वास्थ्य चौकीका क्रमश पुष्पराज ओझा,रामनारायण शाह,चेतबीर थापा,आषिश आले रहनु भएको छ ।
आधारभुत स्वास्थ्य केन्द्र वडा नं.२ र ५ का बिश्व लिम्बू र एबिन लिम्बु,सोहि वडाका सामुदायिक स्वास्थ्य ईकाइका दुर्गा प्रसाद लिम्बू र प्रेम कुमार लिम्बू सम्मानित हुनु भएको छ ।

“समृद्ध राष्ट्र निर्माणका लागि यूवाको खोजी”बिषयक निबन्ध प्रतियोगीतामा छनौट भएका ५ जनालाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरुमा प्रथम सुमिना श्रेष्ठ,दोस्रो भगवी लिम्बू,तेश्रो पुजा कुमारी लिम्बू र सान्त्वनामा निम्दिगी शेर्पा र ठगेन्द्र लिम्बू रहेका छन् ।

उनीहरुलाई क्रमश १० ,८ ,५ र २ हजार नगदले पुरस्कृत गरिएको थियो ।
त्यस्तै उपाध्यक्ष छात्रा फुटबल कपमा प्रथम हुने वडा नं.३ को चुलाचुली मा.बि.दोस्रो शुने वडा नं.५ का महाकाली मा.बि र तेश्रो हुने वडा नं. ६ को सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुललाई नगद,ट्रफी र मेडल प्रदान गरिएको थियो ।
बिजेता बिद्यालयहरुलाई क्रमश ३० हजार २० हजार र १० हजार नगदले पुरस्कृत गरिएको थियो ।
त्यस्तै बार्षिक उत्सवको आकर्षका रुपमा रहेको वडा स्तरीय पुरुष रनिङ शिल्ड भलिवल प्रतियोगितामा वडा नं.१ प्रथम,वडा नं.६ ले दोस्रो र वडा नं.२ ले तेश्रो स्थानमा जीत हाँसिल गरेको छ ।

बिजेता वडा नं.१ ले ५० तोला चाँदीको रनिङ कप सहित ४० हजार नगद,दोस्रोले नगद ३० हजार ट्रफी र तेश्रो हुनेले नगद २० हजार सहित ट्रफी जितेको छ ।
त्स्तै कार्यक्रमभरी मनोरन्जन दिन बिभिन्न जातिय झाँकी तथा नृत्य प्रस्तुत गर्ने १० वटा टोलिलाई पालिकाले नगद १० हजारका दरले सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पन्चेबाजा,२ वटा क्रितन,च्याब्रुङ,२ वटा मगर झाँकी,शेर्पा,तामाङ सेलो,सोरठी नृत्य र सगरमाथा बोडिङ स्कुलको प्रस्तुती रहेका थिए ।

सम्मानित तथा पुरस्कृत सबैलाई पालिका अध्यक्ष शेरबहादुर लिम्बू,जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान,पालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,शिक्षा बिकास समन्वय ईकाइका मोहन राईले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा पालिकाले बिभिन्न क्षेत्रमा हालसम्म गरेको प्रगतिको गतिबिधि तथा सुचाङ्क सार्वजनिक गरेको थियो ।
कार्यक्रममा बिभिन्न पार्टीका नेता,समाजसेवीहरुद्वारा पालिकालाई बार्षिक उत्सवको बधाई तथा शुभकामना दिनुभएको थियो ।