धनकुटाको सागुरीगढीमा शिक्षकलाई विभद गरे आन्दोलन गर्ने।

7Shares

धनकुटा १ चैत्र,
नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिाकाको चौथो प्रतिनिधि सभा शिक्षकहरुको पक्षमा विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको ।
आस्थाको आधारमा धनकुटाको सागुरीगढीमा शिक्षकहरुलाई विभेद गरी अन्याय गरेमा प्रतिरोध गर्ने उद्घोष गर्दै नेपाल शिक्षक संघ सागुरीगढी धनकुटाको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको हो ।
शिक्षकहरुको उक्त प्रतिनिधि सभा उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ धनकटाका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले आस्थाको आधारमा शिक्षकहरुलाई विवेद गरे आन्दोलन गर्ने वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु कमट फागु,मोहन वान्तवा,नेपाल धन राई,रमेश इवाहाङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,सागुरीगढी गाउपालिकाका सभापति यम प्रकाश मगर लगायतले सत्ता पक्षले शिक्षकरुलाई राजनैतिक ढंगले आस्थाका आधारमा दुख दिए प्रतिरोध गर्ने वताउनु भयो । उहाहरुले शिक्षालाई व्यवहारीक र उत्पादन मुलुक बनाउनु पर्ने समेत वताउनु भयो ।
नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहालको अध्यक्षतमा सम्पन्न भएको प्रतिनिधि सभामा स्वागत मन्तव्य शिक्षक गिता चेम्जोगले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक उद्धव अधिकारीले गर्नु भएको थियो ।
उक्त पालिका स्तरीय शिक्षक संघको प्रतिनिधि सभाले नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहालले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको थियो ।

7Shares