नेपाल रेयुकाईद्वारा शैक्षिक सामाग्री हस्तान्तरण।

2Shares

चैत्र २ धनकुटा ।

विश्व शान्तीको लागी रेयुकाई अभियान संचालन गरिहेको सामाजिक संस्था नेपाल रेयुकाईले धनकुटा नगरपालिका वडा नं.६ स्थित् बागेश्वरी प्राविमा अध्ययनरत छात्रछात्रालाई सोमवार शैक्षिक सामाग्री वितरण गरेको छ ।
जनचेतना तथा सहयोग सामाग्री हस्तान्तरण कार्यकम धनकुटा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रजिअ रामनारायण श्रेष्ठले बागेश्वरी प्राविका ३० जना छात्रछात्राहरुलाई व्याग, कपि, डटपेन र माक्स प्रदान गरेको कार्यक्रमका संयोजक जुन होजासु रेणु श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेयुकाई सामाजिक संस्थाका अध्यक्ष कैलास विक्रम शाहीको अध्यक्षतामा सम्पन्न शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेयुकाईका महासचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष अमित श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव कट्वाल, प्रधानाध्यापक जानुका पौडेल लगायतकाको उपस्थिति रहेको थियो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको संचालन जुन होजासु ज्योती प्रधानले गर्नु भएको थियो ।

2Shares