धनकुटा चौबिसे गाउँपालिकाले ११,१२ कक्षाका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो


चैत्र ४ धनकुटा ।
छात्रवृत्ति वितरण तथा विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुसँगको अन्तरक्रिया चौविसे गाउँपालिका राजारानीमा सम्पन्न भएको छ ।

चौविसे गाउँपालिका धनकुटाको आयोजनामा कक्षा ११ र १२ मा अध्यायनरत विज्ञान र होटल व्यबस्थापन विषयका २४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो ।

विज्ञान विषयमा अध्यायनरत प्रति विद्यार्थी प्रति वर्ष ३० हजारका दरले र होटल व्यबस्थापन विषयममा अध्यायनरत प्रति विद्यार्थी ४० हजारका दरले छात्रवृति वितरण गरिएको छ । गाउँपालिका भित्रका ८ वटै वडाका दुवै विषयमा अध्यायनरत १/१ जना विद्यार्थीलाई गाउँपालिकाले हरेक बर्ष छात्रवृति वितरण गदै आएको कुरा गाउँपालिकाका प्रमुख खजिन्द्र राईले बताउनु भयो ।

गाउँपलिकाको पुण्य माध्यमिक विद्यालय गाउँपालिकाकै नमूना विद्यालय भएकोले नामको मात्र नभएर वास्तवमा नै नमूना बन्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख राईले बताउनु भयो

आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अग्रसर भएर अगाडी बढ्ने कुरा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक लोक बहादुर राईले बताउनुभयो ।

अन्त्तरक्रिया कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेक रत्न चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न भएको हो
गाउँपालिकाका उप-प्रमुख यज्ञकुमारी रुचाल ,प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी , शिक्षा शाखा प्रमुख चुडा मणी रेग्मी , विद्यार्थी ,अभिभावक ,शिक्षकहरु लगायतकाको कार्यक्रममा उपस्थिती रहेको थियो ।