धनकुटा शहिदभुमी गाउपालिकामा ४ सय १० केजि गाजा बरामद।

14Shares

चैत्र ४ धनकुटा ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले शहिदभूमी गाउँपालिका वडा नं. १ को चिच्चेटोल र भञ्ज्याङ्गबाट बरामद गरिएको वेवारिसे गाँजा नष्ट गरेको छ ।

वेवारीसे अवस्थामा फेला पारिएको ४ सय १० केजी अवैध लागु औषध गाँजा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन,जिल्ला अदालतका प्रतिनिधि र पत्रकारहरूको उपस्थितीमा जलाएर नष्ट गरिएको हो ।

प्रहरीले पटक पटक गरेर सहिदभुमि गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख गोविन्द अधिकारीले बताउनु भयो ।

14Shares