चैत्र ५ धनकुटा ।
तामाङ मौलिक बाजा टुङना डम्फू र सम्भोटा लिपि प्रशिक्षण तालिम धनकुटाको हिलेमा शूरु भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा सुरू भएको तालिम ७ दिनसम्म संचालन हुने भएको हो ।
तामाङ समुदायको मौलिक बाजा डम्फू तथा टुङना बजाउने,बनाउने र तामाङ सम्भोटा लिपि पढ्न सिकाउने उदेश्यले तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा नेपाल ताम्बा संघका केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तानले प्रशिक्षण दिनु हुनेछ । तालिममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहेको छ ।