छथरका ५ कृषि जन्य संस्थाहरुलाई ४८ लाख अनुदान

12Shares

चैत ६,धनकुटा ।

छथर जोरपाटी गाउँपालिकाले यस बर्षको कृषि अनुदान पालिकाका ५ वटा कृषि तथा पशु सम्बन्धि संस्थाहरुलाई दिएको छ ।
पालिकाले जारी गरेको १५ दिने सुचनामा दरखास्त लगाउने ६ वटा वडाका १७ वटा कृषि सम्बन्धि संस्थाहरुबाट छनौट गरी ५ वटा कृषि तथा पशुपालक संस्थालाई अनुदान दिएको हो ।
अनुदानबाट ती समुह तथा सहकारीमा आवद्ध ११५ जना कृषकहरु लाभाम्बित हुनेछन् ।
अनुदान पाउने संस्थाहरुलाई संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सचालन कार्यबिधी अनुसार छनौट गरिएको भेटेनरी अधिकृत राजकुमार राईले जानकारी दिनुभयो ।
अनुदान पाउने संस्थाहरुमा बंगुरपालानका लागि आवेदन परेका ८ वटा संस्थाहरु मध्ये बंगुर पकेट क्षेत्रका वडा नं. ३ को ढुंङ्गे कृषि सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसाउना कृषक सहमुह रहेको छ ।
त्यस्तै किबी खेतीका लागि आवेदन परेका ३ कृषि संस्थाहरु मध्ये किवी पकेट क्षेत्र कै वडा नं.६ को पहाडी किवी तथा तरकारी उत्पादन कृषक समुहले अनुदान पाएको छ ।
त्यस्तै खुर्सानी खेतीका लागि परेका ४ कृषि संस्थाहरु मध्ये खुर्सानी पकेट क्षेत्र भन्दा बाहिरका वडा नं.२ को सल्लेरी कृषक समुहले अनुदान पाएको छ ।
मकै खेतीका लागि परेका २ आवेदन मध्ये पकेट क्षेत्र कै वडा नं.१ को पिङ डाँडा कृषक समुहले अनुदान पाएको छ ।
सरकारको ७५ र कृषि समुह तथा सहकारीको २५ प्रतिशत साझेदारीमा उक्त अनुदानको कार्यक्रम सम्पन्न गरिने पालिकाले जानकारी दिएको छ ।
अनुदान पाउने बंगुर पालन अनुदान तर्फ १०÷१० लाखका दरले जम्मा २० लाख,किवी र खुर्सानी खेतीलाई ६÷६ लाख गरी जम्मा १२ लाख र मैकै खेती अनुदानका लागि १२ लाख दिईने भेटेनरी शाखाले जानकारी दिएको छ ।
अनुदानबाट बंगुरपालन तर्फ सहकारीमा आवद्ध २९ जना,किवी तथा तरकारी उत्पादन समुहका २१ जना,खुर्सानी कृषक समुहका ३८ जना र मकै खेती समुहका २७ जना किसान लाभाम्बित हुनेछन् ।
पालिकाले वडा नं.१ लाई मकै,२ लाई खर्सानी,६ लाई किवी र ३ र ५ वडालाई बंगुर पालन पकेट क्षेत्र घोषणा गरेको छ ।

12Shares