जनउत्थान वहुदेश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

10Shares

जनउत्थान वहुदेश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न
धनकुटा ७ चैत्र,जनउत्थान वहुदेश्यीय सहकारी संस्था धनकुटाको १३ औं साधारण सभा विभिन्न निर्णयहरु गर्दै आज सम्पन्न भयो ।
उक्त साधारण सभाको उदेघाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सहकारी मार्फत समाजलाई परिर्वतन गर्न सकिने वताउदै सहकारी आर्थिक समृद्धीको मुख्य आधार भएको वताउनु भयो ।
जनउत्थान वहुदेश्यीय सहकारी संस्था धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धनकुटका शाखाका प्रवन्धक युद्ध प्रकाश मादेन लगायतले सहकारी अभियान मार्फत गरिवि निवारण गर्न सकिने वताउनु भयो ।
उक्त साधारण सभामा जनउत्थान वहेदेश्यीय सहकारी संस्था धनकुटाका अध्यक्ष दिनेश राईले शाखाका बार्षिक प्रतिवेदन,र भावी कार्यक्रमको प्रस्तुत गर्नु भएको र स्वागत मन्तव्य उक्त सहकारीका कार्यकारी सदस्य सौगात श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सदस्य मोहन घिमिरेले गर्नु भएको थियो ।
सो अवसरमा निधन हुनु भएका जनउत्थान वहुदेश्यीय सहकारी सस्थाका शेयर सदस्य तथा ऋणी धनकुटा नगरपालिका वडा नं. ६ का किशन राईको दावी भुक्तानी रकमको १ लाख १० हजार रुपैयकाको चेक उनका दाजु सन्त वहादुर राईलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धनकुटाका शाखका प्रमुख युद्ध प्रकाश मोदन र सहकारी संस्थाका अध्यक्ष दिनेश राईले प्रदान गर्नु भएको थियो ।

10Shares