नेपाल तरुण दल धनकुटाद्वारा २५ जना जिल्ला सदस्यमा मनोनीत।


चैत्र ८ धनकुटा ।

नेपाल तरुण दल धनकुटाले धनकुटा जिल्लाका विभिन्न पालिकाबाट एक उपाध्यक्ष सहित २५ जना जिल्ला सदस्यको रुपमा मनोनित गरेको छ ।

नेपाल तरुण दल धनकुटाको आज बसेको बैठकले २६ जना तरुण सदस्यहरूलाई मनोनित गरेको हो ।

मनोनित गरिएको मध्ये राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका छथरजोरपाटीका चिरन्जीवि थापालाई नेपाल तरुण दलको उपाध्यक्ष पदमा मनोनित गरिएको छ ।

शहिदभुमि गाउँपालिकाबाट नेपाल तरुण दल जिल्ला सदस्यमा सन्जिव राई,कृष्ण बहादुर राई,नरेश राई,दासुराम राई,विषण राई,पाल्टेन राई मनोनित गरिएको छ ।यसैगरि साँगुरीगढी गाउँपालिकाबाट निर्देश लिम्बू,हरेन्द्र कुमार राई,लाल बहादुर लिम्बू,दिपक मगर छथरजोरपाटी गाउँपालिकाबाट बेल बहादुर थापा,विशाल लिम्बू महालक्ष्मी नगरपालिकाबाट अचुत कुवाँर,सविन चापागाईँ,भरत श्रेष्ठ,खगेन्द्र थापा पाख्रिवास नगरपालिकाबाट विमल गुरुङ्ग चौबिसे गाउँपालिकाबाट सपन श्रेष्ठ,नवीन कुमार राई,श्रीहाङ लिम्बू धनकुटा नगरपालिकाबाट रुपेश श्रेष्ठ,मिना राई,क्रान्ति डंगोल,शुभाष वाग्ले,सन्तोष तामाङ्ग लगायतका यूवाहरूलाई नेपाल तरुण दल जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले जानकारी दिनुभयो ।

आजै बसेको बैठकले जिल्ला स्तरीय तरुण प्रशिक्षण विविध समस्याका कारण तोकिएको मितिमा सम्पन्न नभएको र सो प्रशिक्षण आगामी चैत्र ३१ गते सम्पन्न गर्ने निर्णय गरिएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले बताउनु भयो ।