शिक्षकहरुलाई सम्मान सहित छथर शुक्रबारेमा नेपाल शिक्षक संघ कार्यसमिती सभा सम्पन्न


चैत्र ८ तेह्रथुम ।

तेह्रथुम छथर सुक्रबारेमा स्थानिय तह नेपाल शिक्षक संघ छथर कार्य समितीको तेश्रो प्रतिनिधी सभा सम्पन्न भएको छ ।

संघले सेवा निबृत्त भएका ६ जना शिक्षकहरुलाई सभाको अबसरमा सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा भुपाल बहादुर कार्की,भवानी कटुवाल,खगेन्द्रराज दाहाल,गिरी बहादुर निरौला,ईन्द्रबहादुर बस्नेत र भुपेन्द्र प्रसाद दाहाल रहेको नेपाल शिक्षक संघ स्थानीय कार्यंसमिती छथरका अध्यक्ष टिकाराम कार्कीले जानकारी दिनुभयो ।

सभाका प्रमुख अतिथि नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष निङलेकुले राजनैतिक आस्थाका कारण स्थानीय सरकारले शिक्षकहरुमा गर्दै आएको बिभेदलाई अन्त्य हुनु पर्ने र बिभेद गर्ने सरकारले समाजलाई विकास र निकास दिन नसक्ने बताउनु भयो ।

शिक्षकहरुको समस्याका निम्ती जुनसुकै पार्टीमा आस्था राखे पनि एकजुट भएर आफ्नो अधिकारका लागी अगाडी बढ्न प्रमुख अतिथी निङलेकुले आग्रह गरेका छन । समाज निमार्णका लागी शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको सभाका बिषेश अतिथी नेपाली कांग्रेसका निर्वाचन क्षेत्र क का सभापती विपिन निङलेखुले बताउनु भयो । राज्यले हेर्ने नजर फरक रहँदै आएको र स्थानीय सरकार सञ्चालन भएपनी यसको अन्त्य नभएको नेपाल शिक्षक संघका प्रदेश सदस्य रामकृष्ण निरौलाले बताउनु भयो ।

सभामा नेपाली कांग्रेसका महाअधिबेशन प्रतिनिधी तथा छथर ईन्र्चाज टेकराज तिगेला,नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय सदस्य कृष्णबहादुर निरौला,संघका जिल्ला उपाध्यक्ष गिता कटुवाल,नेपाल राष्ट्रीय शिक्षक संगठनका डिकबहादुर ठकुरी,नेपाल शिक्षक संघगठनका हिमबहादुर थापा,अखिल नेपाल शिक्षक संघका बौद्धमान निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । सभा नेपाल शिक्षक संघ स्थानीय कार्यसमितीको आयोजनामा
सम्पन्न भएको थियो ।