तामाङ्ग मौलिक बाजा टुङ्गना डम्फु र सम्भोटा लिपि सम्बन्धी प्रशिक्षण सम्पन्न

17Shares

चैत ८ धनकुटा ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाकाे अायाेजनामा धनकुटाकाे हिलेमा सञ्चालि तामाङ माैलिक बाजा टुङना डम्फू र सम्भाेटा लिपि सम्वन्धि सात दिने प्रशिक्षण तालिम अाज सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु माेक्तानकाे अध्यक्षतामा सञ्चालित तालिमकाे अाज एक कार्यक्रमका वीच समापन गरिएको हाे । नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा धनकुटा नगरपालिका वडा नं १ का कार्यबाहक वडा अध्यक्ष लालचन्द्र गाेङबा तामाङकाे प्रमुख अातिथ्यमा तालिमको समापन गरिएको हाे । प्रमुख अतिथि गाेङबा तामाङले तामाङ समुदायको भाषा धर्म , संकार संस्कृति , बजाउन तथा विकास गर्नका लागि विभिन्न प्रयास भईरहेकाे बताउनु भयाे । साथै उहाले अागामि दिनमा पनि अावश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तालिममा ताम्बा संघका केन्द्रीय अध्यक्ष धावा वाङ्गेल माेक्तानले प्रशिक्षण दिनुभएकाे थियोे । सात दिने तालिममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहेको तालिममा तामाङ समुदायको माैलिक बाजा डम्फू तथा टुङना बजाने र बनाउने र तामाङ सम्भाेटा लिपि पढ्न सिकाएकाे अायाेजकले जनाएको छ । तालिमको समापन कार्यक्रम घेदुङका सहसचिव धन बहादुर माेक्ताले सञ्चालन गर्नु भएको थियोे ।

17Shares