नेपाल औषधी व्यवसायी संघको अधिवेशन सम्पन्न

27Shares

चैत ९ धनकुटा ।

नेपाल औषधि व्यवसायी संघको तीन जिल्लाको संयूक्त प्रथम जिल्ला अधिवेशन आज धनकुटामा सम्पन्न भएको छ ।

नेपाल औषधि व्यवसायी संघ कोशि अञ्चलको आयोजनामा धनकुटाको हिलेमा धनकुटा,भोजपुर र तेह्रथुम जिल्लाको संयूक्त अधिवेशनबाट नगेन्द्र पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

निवार्चन अधिकृत लाखमान राईको निवार्चन मण्डलले नगेन्द्र पोखरेल अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा धन बहादुर बराल ,सचिवमा बलाराम खड्का, कोषाध्क्षमा श्रवण शाह,सह-कोषाध्यक्ष शान्ति देवान लिम्बु, लगायत गरी जम्मा १० सदस्य कार्यसमिति निर्माण गरिएको सचिव बलराम खड्काले जानकारी दिनु भयो ।

अधिवेशनका प्रमुख अतिथि १ नं प्रदेश निर्वाचन क्षेत्र क का सांसद निरन राइले भन्नुभयो- मुलुकलाई समृद्ध नेपाल,सुखी नेपाली बनाउने परिकल्पनालाई साकार पार्न सरकार र जनप्रतिनिधिको चाहानाले मात्र सम्भव नरहेको भन्दै यसमा नीजि क्षेत्रका लगानीकर्ता, व्यवसायीहरु एक हुन आवश्यक छ । देशलाई धनी र समृद्ध बनाउनका निम्ति मानिस स्वस्थ्य हुन जरुरी रहेको भन्दै औषधि व्यवसायी संघले त्यस भित्र रहेका विभिन्न समस्या समाधान गरेर अघाडि बढ्न सांसद राईले आग्रह गर्नु भयो ।

नेपाल औषधि व्यवसायी संघ कोशि अञ्चलका अध्यक्ष कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा ताप्लेजुङ पाँचथरका औषधि व्यवसायी संघका अध्यक्ष सुन्दर मोहोन शाक्य, केन्द्रिय सदस्य सर्मिला शाक्य र औषधि व्यवस्थापन विभाग विराटनगरका प्रमुख सञ्जिव कटुवाल लगायतले शूभकामना मन्तव्य दिनु भएको थियो ।

27Shares