मोक्तान वंशवली खोज तथा अनुशन्धान जिल्ला समन्वय समितिको अध्यक्षमा धनवहादुर

18Shares

चैत्र १० धनकुटा ।

मोक्तान वंशवली खोज तथा अनुशन्धान जिल्ला समन्वय समिति धनकुटाको प्रथम जिल्ला भेला तामाङ जातिहरुको उद्धगम थलो उत्तरपानी वजारमा सम्पन्न भएको छ ।

प्रथम भेलाले धन वहादुर मोक्तानको अध्यक्षतामा १५ सदस्सीय मोक्तान वंशावली खोज तथा अनुशन्धान जिल्ला समन्वय समिति गठन गरिएको हो ।

मोक्तान वंशवली खोज तथा अनुशन्धान १ नम्वर प्रदेश समितिका अध्यक्ष शंकर मोक्तानको प्रमुख आतित्थ्यमा सम्पन्न प्रथम जिल्ला भेलाले उपाध्यक्षमा सेतुलाल मोक्तान तामाङ, सचिवमा मानवी मोक्तान तामाङ र सह–सचिवमा विकल मोक्तान तामाङ र कोषाध्यक्षमा प्रेम वहादुर मोक्तान तामाङलाई सर्वसम्वत चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा हरीलाल मोक्तान तामाङ, विष्णु मोक्तान तामाङ, जयवहादुर मोक्तान तामाङ, पुर्ण वहादुर मोक्तान तामाङ, शुभचन्द्र मोक्तान तामाङ, पुर्ण वहादुर मोक्तान तामाङ, मनीराज मोक्तान तामाङ, चन्द्रवहादुर मोक्तान तामाङ, सरेन्द्र मोक्तान तामाङ र भक्तवहादुर मोक्तान तामाङलाई चयन गरिएको छ ।

मोक्तान वंशवली खोज तथा अनुशन्धान प्रदेश समन्वय समितिको कार्यकारी सदस्य सन्तवीर मोक्तान तामाङले संचालन गरेको प्रथम भेलामा प्रदेश समितिका सल्लाहकार रामकुमार मोक्तान तामाङ, नरवहादुर मोक्तान तामाङ, प्रदेश समिति सचिव लक्ष्मण मोक्तान तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङ, सह–सचिव धनवहादुर मोक्तान तामाङ, तम्बा संघ धनकुटाका अध्यक्ष हरीलाल मोक्तान तामाङ, तामाङ पत्रकार संघ संघिय समितिका सदस्य मानवी मोक्तान तामाङ लगायतले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

18Shares