चैत्र ११ तेह्रथुम ।
तेह्रथुमको छथर गाउँपालिका वडा नं.-६ सुदापका मृर्गौला पीडित सौरभ आंखेवालाई २५ हजार ७ सय १३ रुपैया सहयोग प्रदान गरिएको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको सामाचार प्रकाशन भएसँगै तेह्रथुम छथर गाउँपालिका वडा नं-६ साबिक सुदाप ८ साख्मा हाल बहराइनमा रहेका चन्द्र मादेन टार्जनले सौरभ बचाउ अभीयान सञ्चालन गरी रकम संकलन गर्नु भएको थिए ।
विभिन्न सहयोगीहरुबाट संकलन भएको २५ हजार ७ सय १३ रुपैयाँ रकम एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला आदिबासी जनजाती पत्रकार महासंघका प्रदेश सदस्य महेन्द्र मादेन र छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले पीडित सौरभका दाजु सुजन आंखेवालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
आंखेवाको मृर्गौला फेल भएपछी उपचारमा आर्थिक अभाव भएको थियो । आर्थिक समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण भए सँगै उनको उपचारका लागी सहयोग रकम जुट्न थालेको हो । सौरभ हाल सुमेरु अस्पताल ललितपुरमा डाइलोसिस गरी भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा स्वस्थ्य जाँच गराई रहेको परिवारले जनाएको छ ।