हिलेमा २० करोड बराबरको पर्यटकीय संरचना बनाउने गुरूयोजना तयार

42Shares

चैत ११ धनकुटा ।

धनकुटाको हिलेमा २० करोड बराबरको पर्यटकीय संरचना वनाउने गुरुयोजना तयार पारि धनकुटा नगरपालिका वडा नं. १ को कार्यालयलाई पेश गरिएको छ ।

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास सँस्था हिलेले क्त योजना आज पेश गरेको हो ।

गुरुयोजना अनुसार हिलेमा १ सय ३२ रोपनी जग्गा क्षेत्रफलमा चिल्ड्रेन पार्क, स्वीमीङ पुल,म्यूजियम, अत्याधुनिक भ्यूटावर सहितका संरचनाहरु निर्माण गरिनेछ ।

पूर्वकै प्रमुख व्यापारिक केन्द्र तथा पर्यटकीय स्थलको रुपमा परिचित हिले वजार नजिक रहेको १ सय ३२ रोपनी जग्गामा आगामी आर्थिक वर्षदेखी काम शूरु गर्ने गरी गुरुयोजना तयार गरि १ नं वडाध्यक्ष निरेन तामाङलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले वताउनु भयो ।

संस्थाको निक्कै लामो प्रयासपछि संघीय सरकारको आर्थिक सहयोगमा २० करोड लागत लाग्ने गरि ऐतिहाँसिक पर्यटकीय संरचना निर्माणको गुरुयोजना तयार गरिएको अध्यक्ष विष्टले वताउनु भयो ।

गुरुयोजनामा उल्लेखित संरचनाहरु निर्माण भए आन्त्तरिक तथा वाह्य पर्यटकहरु आकर्षण गर्न सकिने भएकोले हिलेको मात्र नभई धनकुटा जिल्लाको पर्यटनमा थप टेवा पुग्ने अपेक्षा रहेको अध्यक्ष विष्टले वताउनुभयो ।

42Shares