पाख्रीवास नगरपालिका वडा नं ९ मा मेलाको आयोजना हुने

15Shares

चैत १२ धनकुटा ।

पाख्रीबास नगरपालिका वडा नं ९ मजुवामा रहेको धार्मिक पर्यटकीय स्थल तथा झर्नालाई संरक्षण प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिने भएको छ ।

सडक पूर्वाधार तथा प्रचार प्रसारको अभावमा ओझेलिएको वडा नं ९ मजुवामा अवस्थित छेङखामा राजारानी देवीको पूजा तथा प्रीति झरना र तीन तले वनझाँक्री गुफा संरक्षण प्रवर्द्धनका लागि आगामी वैशाख १ गते स्थानीयको अगुवाइमा मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा आउने आगान्तुकहरूले छेङखामा राजारानी देवीको पूजा तथा प्रीति झरना सहित तीन तले वनझाँक्री गुफा घुम्न पाउने स्थानिय शुक्र वहादुर राईले बताउनु भयो ।

पाख्रीवास वडा नं ९ मा वसोवास गर्ने राईहरुको देवता छेङखामा राजा र रानीदेवीको दर्शन र देवीको नजिकै रहेको कुब्याटङ मुहानमा पानी उम्रिने ठाउँमा नुहाएमा छाला तथा कपाल सम्बन्धि रोग निको हुने जनविश्वास रहेको अर्का स्थानिय सुरेश तुम्बा राईले बताउनु भयो ।

धार्मिक,साँस्कृतिक तथा पर्यटकीय स्थलको दृष्टिले महत्वपूर्ण महत्वपूर्ण स्थलहरु सडक पूर्वाधार र प्रचारप्रसारको अभाव कै कारण ओझलमा परेको भन्दै तुम्बा राईले यसको विकासका लागि मेला आयोजना गर्न लागिएको बताउनु भयो ।

15Shares