नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधि भेला सम्पन्न।

21Shares

नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधि भेला सम्पन्न

चैत्र १४ धनकुटा ।

नेपाल शिक्षक संघ धनकुटाको जिल्ला प्रतिनिधी भेला आज सम्पन्न भएको छ ।

शिक्षकको मर्यादित पेशा,विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ भेला सम्पन्न भएको हो ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथी नेपाल शिक्षक संघ १ नं.प्रदेशका अध्यक्ष पूर्णप्रसाद गौतमले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका सचिव तारानाथ मिश्र, नेपाल शिक्षक संघ १ नं. प्रदेशका उपाध्यक्ष गंगाराम ढुगाना,नेपाली कांग्रेसका नेता कमोट फागो,नेपाली कांग्रेस निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई, नेपाल शिक्षक संघ १ नं. का महासचिव सिताराम कोइराला , नेपाल शिक्षक संघ १ नं प्रदेशकी अर्थमहासचिव रामकुमारी भण्डारी, सम्मानित हुनेहरुको तर्फबाट रमेश इवाहाङ्ग, पालिका अध्यक्ष रामबहादुर श्रेष्ठ, शिक्षक दामोदर मिश्र , नेपाल शिक्षक संघका धनकुटाका पूर्व अध्यक्ष इश्वरीप्रसाद अधिकारी,प्रमुख अतिथी नेपाल शिक्षक संघ १ नं प्रदेशका अध्यक्ष पूर्णप्रसाद गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साथै कार्यक्रममा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांगठानीक प्रतिबेदन,आर्थिक प्रतिवेदन,महिला विभाग प्रतिवेदन संशोधन सहित सर्वसम्मतरुपमा पारित गरिएको थियो ।

21Shares