नेपाल पशु सेवा प्राविधिक संघ १ नं.प्रदेशको अधिवेशन सम्पन्न

10Shares

चैत १४ धनकुटा ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) १ नं. प्रदेशको दोश्रो अधिवेशनले १३ सदस्यीय प्रदेश कार्य समिति गठन गरेको छ ।

धनकुटाको उत्तरपानीमा आज सम्पन्न नेल्टाको दोश्रो अधिवेशनबाट गठित प्रदेश समितिका अध्यक्षमा पुरुषोतम पाण्डे,उपाध्यक्षमा दिलीप गौतम,महिला उपाध्यक्ष कमला राउत काफ्ले,सचिवमा पूर्ण कुमार श्रेष्ठ, सह-सचिवमा आकाश घिमिरे र कोषाध्यक्षमा बालकृष्ण दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।अधिवेशनबाट सदस्यहरुमा धन वहादुर मोक्तान,नगेन्द्र महतो,सविन भट्टाई निर्वाचित हुनु भएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाको प्रमुख आतित्थ्य तथा १ नं प्रदेशसभा सदस्य लिला सुव्वाको विशेष आतिथ्यमा नेल्टाको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
नेल्टाका १ नं.प्रदेशका संयोजक पुरषोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनको खुल्ला सत्रमा प्रदेश १ का विभिन्न जिल्लाका ११ जना पशुपालक व्यवसायी किसान र ८ जना सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको नेल्टाका केन्द्रिय उपाध्यक्ष गोरख वहादुर तामाङले वताउनुभयो ।

अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले भन्नुभयो-पशुपंछी उत्पादनमा मुलुक आत्मनिर्भर भयो भन्दैमा समृद्धि हासिल हुदैन ।जबसम्म हरेक पशुपालक किसानले उत्पादन गरेको वस्तुको बजार स्थायित्व गराउन सकिँदैन ।

प्रदेश सभा सदस्य लिला सुव्वा लगायत नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,नेल्टाका केन्द्रिय अध्यक्ष जनक रावल लगायतले सम्वोधन गर्नु भएको थियो ।अधिवेशनलाई सम्वोधन गर्ने वक्ताहरुले राज्यले पशुपालक तथा कृषी पेशालाई प्रमुख प्रथामिकतामा राख्न आवश्यक रहेको जोड दिएका थिए ।

10Shares