धनकुटा पाख्रिवासको संसारी सिमसार क्षेत्रमा होली पर्वमा सयौको संख्यामा भिडभाड

22Shares

चैत १५ धनकुटा ।

आन्त्तरिक तथा बाह्य पर्यटकहरुका आर्कषणको केन्द्र वन्दै गएको धनकुटा पाख्रीवासमा रहेको श्री संसारीमाई सिमसार क्षेत्रमा सयौ पर्यटकहरुले आज भ्रमण गरेका छन् ।

चैत शूक्ल पूर्णिमाको दिन मनाईने होलि पर्वको अवसरमा आज सिमसार क्षेत्रमा सयौ आन्तरिक तथा वाह्य पर्यटकहरुले भ्रमण गरेको श्री संसारी सिमसार पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर गुरुङले बताउनु भयो ।

सयजना सम्मको समूहमा आएका पर्यटकहरुले सिमसार क्षेत्रमा साथिभाई सँग एका आपसमा रङ्ग लगाई सद्भावका साथ होलिपर्व समेत मनाएका छन् ।

धार्मिक हिसावले समेत पछिल्लो समय भगवान शिव जी,हनुमान,भगवान गौतम वुद्ध सहित अन्य विभिन्न देवीदेवताको मूर्ति समेत निर्माण गरिसकिएको यो पर्यटकीय स्थलमा आज मात्र ११ सय वढी पर्यटकहरु आएको संसारीमाई सिमसार क्षेत्र संरक्षण समितिले जनाएको छ ।

सवैभन्दा वढी धनकुटा जिल्लाका विभिन्न स्थान सहित काठमाण्डौ, झापा, सुनसरी,तेह्रथुम र मोरङ्गका पर्यटकहरु फागु पूर्णीमाको अवसर पारेर सिमसार क्षेत्रमा आएका ।संसारी सिमसार पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी गराउनु भयो ।

यहाँ आएका पर्यटकहरुले चियावगानको हरियाली दृष्यावलोकन गर्दै पिकनिक खान,वोटिङ्ग गर्न,घोडा चढ्न र विभिन्न देवीदेवताको दर्शन गर्न पाउने गरेका छन् ।

22Shares