आगलागिमा परेको बहुमुखि पाठशालालाई करिब एक लाख आर्थिक सहयोग प्रदान।

27Shares

चैत्र १७ धनकुटा ।

धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आगलागिमा परेको हाम्रो बहुमुखि पाठशाला धनकुटालाई करिब एक लाख बराबरको आर्थिक सहयोग गरेका छन ।

राष्ट्रसेवक कर्मचारीहरुले स्वेच्छाले संकलन गरेको ९३ हजार ७ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेका हुन।

हालै भएको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले आगलागिमा ध्वस्त कला, संस्कृतिको क्षेत्रमा काम गर्दै आएको हाम्रो बहुमुखि पाठशालालाई आर्थिक सहयोग गरिएको हो ।

सोमबार आर्थिक सहयोग हस्तान्तरण गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले केही सहयोग होस भनेर आर्थिक सहयोग गरिएको बताउनु भयो।
उहाँले कला, संस्कृतिको रक्षामा लागेको पाठशालालाई सबैले बचाउनु पर्ने बताउनु भयो ।

सहयोग रकम ग्रहण गर्दै पाठशालाका सरोज भुजेलले आगलागिमा परेपछि निराश भएका आफूहरुलाई सहयोग रकमले पुरानै अवस्थामा फर्कन सहज हुँदै गएको बताउनु भयो। उहाँले आगलागिमा परेपछि पाठशालामा विभिन्न सिप सिक्दै आएका विद्यार्थीको मनोबल बढाउन तत्काल पुनर्निमाणको काम थालेको र सहयोग रकमले हौसाला प्राप्त भएको बताउनु भयो। आगलागिपछि देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको भुजेलले बताउनु भयो।

गत चैत ८ गते राति २ बजेतिर आगलागि हुँदा धनकुटा नगरपालिका–७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालामा ३५ लाख बराबरको क्षति भएको थियो।

आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउण्ड सिस्टम र जातीय भेषभूषा, जातीय गरगहनालगायतका सामान जलेका थिए।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। मदन चोकमै रहेको नर्वदेश्वर मन्दिरको जग्गामा तीन वर्षदेखि जस्तापाताको बेरा लगाएर बनाएको एक तले भवनमा पाठशालाले नृत्य, संगीत, चित्रकला लगायतका सीपमुलक तालिम दिँदै आएको छ।

27Shares