धनकुटा उद्योग बाणिज्य संघबाट आगलागीबाट ध्वस्त भएका व्यावसायीहरुको लागी राहत संकलन

39Shares

धनकुटा १८ चैत्र,धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागी धनकुटा बजारमा राहत संकलन कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ,सरोज भूजेलले संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका साथै पाठशालाको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएकाले उहाहरुको सहयोगका लागी धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटा बजारमा राहत संकलन गरेको हो ।
उक्त राहत संकलन कार्यक्रमको धनकुटा बजारमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नु हुदै धनकुटाका सवै व्यावसायीहरुलाई आफुले सकेको सहयोग गरी दुखमा साथ दिन आग्रह गर्नु भयो ।
राहत संकलन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रोजिना पखिले,रेवती प्रसाद अधिकारी,अम्विका धमला,शोभा श्रेष्ठ,व्यावसायी तुलसी वारकोटी,कार्यलय सचिव सिचन प्रधान कर्मचारी नवराज श्रेष्ठ लगायत धनकुटाका व्यावसायीहरुले राहत संकलन कार्यक्रमा सहभागीता रहेको थियो ।
धनकुटाको हिले बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघले अग्नी पीडित व्यावसायीका लागी राहत संकलन गरेको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताउनु भयो ।
धनकुटा जिल्लाको अन्य क्षेत्रहरुमा पनि राहत संकलन गरी अग्नी पीडित व्यावसायीहरुलाई राहत प्रदान गरीने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

39Shares