छथरजोरपाटी गाउँपालिका धनकुटाबाट लगभग २ सय जनालाई रोजगारी प्रदान।

44Shares

चैत १९ धनकुटा ।

छथर जोरपाटी गाउँपालिका धनकुटाले आर्थिक वर्ष २०७७/०७८ मा करिब २ सय जनालाई रोजगार प्रदान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न,दलित तथा पछि परेका समुदायका १ सय ९१ ब्यक्तीहरुले सय दिन बराबरको रोजगार प्रदान गरिएको हो ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत १३ वटा योजना र यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत १४ वटा आयोजनामा विपन्न,दलित तथा पछि परेका समुदायकाले रोजगारी प्राप्त गरेका छन् ।

दुबै आयोजना अन्तर्गत बाटो सोलिङ्ग र पहिरो नियन्त्रणका क्षेत्रमा काम भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका छथर जोरपाटी गाउँपालिकाका संयोजक सुशिला कार्कीले जानकारी दिनुभयो ।

कामका लागि पारिश्रमिक शिर्षकमा ४७ लाख ४ हजार ७ सय र यूवा रोजगारीका लागि ५१ लाख ७० हजार गरी कुल ९८ लाख ७४ हजार ७ सय रुपैया पारिश्रमिक बापत खर्च हुने संयोजक कार्कीले बताउनु भयो ।

२०७५ सालबाट प्राथमिकताका आधारमा छनौटमा परेका ब्यक्तिहरुले प्रति ब्यक्ति दैनिक ५ सय १७ रुपैँयाका दरले सय दिनको रोजगार प्राप्त गर्दै आएका छन् ।

आयोजनाबाट ३ बर्षमा हाल सम्म ३ सय ४५ जनाले रोजगार पाएको प्रधानमन्त्री रोजगार कार्यालय छथर जोरपाटी गाउँपालिकाले जनाएको छ ।

44Shares