धनकुटा सिटि जेसिसको प्रथम साधारण सभा सम्पन्न।

11Shares

चैत २२ धनकुटा ।

धनकुटाका युवाहरुको व्यक्तित्व तथा नेतृत्वको विकास गर्ने विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गर्दै धनकुटा सिटि जेसिजको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष धनकुटा सिटि जेसिजको साधारण सभाको उद्घाटन गर्दै जेसिजले यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै समाज रुपातन्तरण गर्ने वताउनु भयो ।

उद्घाटन कार्यक्रममा धनकुटा सिटि जेसिजका पूर्व अध्यक्षहरु लगायत गोकुण्डेश्वर उच्च माविका प्रर्चाय यज्ञ चापागाई, प्यापसनका प्रदेश नम्वर १ सचिव राजन पौडेल,सिटि जेसिजका कार्यकारी उपाध्यक्ष इश्वरी सुवेदी,महासचिव करुणा कटुवाल लगायतले जेसिजलाई धनकुटाका सवै यूवाहरु समक्ष पु¥याउदै यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न पर्नेमा जोड दिनु भयो ।

धनकुटा सिटि जेसिजका अध्यक्ष पुण्य प्रसाद अधिकारीको अध्यक्षतमा सम्पन्न भएको साधारण सभाको अथितिहरुलाई अध्यक्ष अधिकारीले मायाको चिनो प्रदान गर्नु भएको थियो भने साधारण सभाले धनकुटाका यूवाहरुका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रमको संचालन धनकुटा सिटि जेसिजका महासचिव करुणा कटुवालले गर्नु भएको थियो ।

11Shares