शहिदभुमी गाउपालिका १ सिम्लेको अनिबार्य निशुल्क मा बि को नवनिर्मित भवन उट्घाटन सम्पन्न

14Shares

चैत २२ धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिका १ सिम्ले काे श्री अनिवार्य नि:शूल्क मावि को नव निर्मित ३ कोठे भवनको उद्घाटन गरिएको छ । संघिय सरकारको पून निर्माण प्राधिकरण अन्र्तगत जिल्ला शिक्षा कार्यलय धनकुटाबाट आर्थिक वर्ष २०७४/७५ निर्माण शूरु गरिएको भवनको चालु आर्थिक वर्षमा निर्माण कार्य पूरा भएपछि आज उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरवल राईको अध्यक्षता भएको कार्यक्रमको वीच भवन उद्घाटन गरिएको हो । यो भवन संघिय सरकारको ३० लाख लागतमा निर्माण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि राईले सो विद्यालयमा शिक्षक दरवन्दिको व्यवस्थापन गर्ने र यही आर्थिक वर्ष भित्र भौतिक सुधारका लागि आवश्यक पहल गर्ने वताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई,शिक्षक दुर्गा वहादुर खड्का लगायत विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिती थियो ।

14Shares