नेपाल पत्रकार महासंघको प्रदेस र संघीय समितिको निर्वाचन भोली हुने, नेपाल पत्रकार महासंघ धनकुटाको १०औ महाधिवेशन सर्वसम्मत सम्पन्न

29Shares

चैत २४ धनकुटा ।-नरेन्द्र कश्चित

नेपाल पत्रकार महासंघ धनकुटाको १०औ महाधिवेशनबाट नगेन्द्र राईको अध्यक्षता १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्षमा विदुर खवास,महिला उपाध्यक्षमा देवकला कार्की,सचिवमा हरि बहादुर लम्जेल,समावेशी सह-सचिवमा पूर्ण कुमार चौधरी,खुल्ला सह-सचिवमा ईश्वर थापा,कोषाध्यक्षमा डण्डीकेशर कट्टेल (रविन) सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत ठगिन कुमार राईले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाको १०औ महाधिवेशनबाट जिल्ला कार्यसमितिमा महिला सदस्यमा मनिषा पोखरेल,आदिवासी जनजाती सदस्यमा अजय सन्तोषी राई,मधेसी सदस्यमा नेव नारायण चौधरी,समावेशी सदस्यमा आकृति राई,खुल्ला सदस्यमा शर्मिला राई,नरेन्द्र राई,विकास घिमिरे,विश्वराज श्रेष्ठ,विजय शेखर श्रेष्ठ,आशिष लिम्बू सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरि संघीय परिषद सदस्यमा सञ्जय सन्तोषी राई,सिध्दराज राई,खगेन्द्र प्रसाद घिमिरे,स्मिता निरौला सर्वसम्मत निर्बाचित हुनु भएको छ भने प्रदेश परिषद सदस्यमा रमेशचन्द्र अधिकारी,सुमन गुरागाईँ,नयराज नेपाल,कविराज घिमिरे,जयन्ती राई,दुखाराम माझी,टकलाल राई,यानिन्द्र तिगेला लिम्बू,मानवी मोक्तान र ब्रह्म लाल हजारी सर्वसम्मत चयन हुनु भएको छ ।

धनकुटा जिल्लाको १०औ महाधिवेशन सर्वसम्मत सम्पन्न भएपनि नेपाल पत्रकार महासंघ संघीय परिषद र १ नं.प्रदेश कार्यसमिति पदाधिकारी,सदस्यहरूको लागि भने निर्वाचन हुने निर्वाचन समितिका अधिकृत ठगिन कुमार राईले जानकारी दिनुभयो ।भोली विहान ९ बजेदेखि ५ बजेसम्म होटल प्यासिफिक थ्रीमा नेपाल पत्रकार महासंघ संघीय परिषद र १ नं.प्रदेश कार्यसमिति पदाधिकारी,सदस्यहरूको लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

29Shares