चन्द्रकला ईमेहाङ्गबाट अनाथ ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

58Shares

चैत २४ तेह्रथुम ।

तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारामा रहेको श्री नविन शिक्षा सदन माध्यमिक बिद्यालयका ४० जना अनाथ बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरीएको छ ।

तेह्रथुम जिल्ला छथर गाउँपालिका ४ फाक्चामाराकाे हाक्पारामा जन्म भई हाल युकेमा कर्मथलाे वनाई रहनु भएका मनकारी चन्द्रकला ईमेहाङले स्थापना गरेको गंगादेबी स्मृती अक्षयकोषबाट बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरीएको हो ।

बुवा आमा दुबै नभएका बिद्यालयका ४ जनालाई पेनिसा रेग्मी, खगेन्द्र लम्जेल,एलिसा लिम्बु, र शिखा लिम्बुलाई नगद रु ३ हजार र बुवा वा आमा मात्रै नभएका ३६ जना बिद्यार्थीहरुलाई ११ सय १० रुपैयाँ साथमा दातासँगको सम्पर्क कार्ड प्रदान गरीएको बिद्यालयका शिक्षक टिका कार्कीले बताउनु भयो ।

सानैमा आमा गुमाएका इमेहाङले आमा बुवा नहुँदाको पीडामा थोरै भएपनी मलम लगाउने उदेश्यका साथ अक्षयकोष स्थापना गरेका बताउनु भयो । नबिन शिक्षा सदन माध्यमिक बिद्यालयमा वाेर्नाई बाट आएर कक्षा ८ बाट अध्ययन सुरु गरी २०५३ सालमा सोही बिद्यालयबाट एस.एल.सी. गरेकि पुर्व विद्यार्थी ईमेहाङ्गले वताउनु भयो ।

उनको दाजु लोकमान लिम्बु(बबी)काे सम्झनामा बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने गरी कोष स्थापना गरेको ईमेहाङ्गले बताउनु भयो । कोषबाट हरेक बर्ष बिद्यालयमा अध्यायनरत अनाथ बिद्यार्थीलाई ४० हजार प्रदान गर्ने प्रतिबद्धता पत्र समेत विद्यालयमा ईमेहाङ्गले बुझाउनु भएको छ ।

साथै अनाथ बिद्यार्थीहरुले कुनै पनि समय दु:ख पीडा भएको पलमा सिधै सम्पर्क गर्न चाहे २४ सै घण्टा सम्पर्क गर्न सक्ने ईमेहाङ्गले बताउनु भयो । बिद्यालयका पुर्ब सञ्चालक समितीका सदस्य गोबिन्द लिम्बु र छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर निरौला र बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष निरज निरौलालाई प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।

बिद्यार्थीहरुलाई बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष निरोज निरौला,बिद्यालयका प्रधानध्यापक कृष्णबहादुर निरौला,पुर्ब बिद्यालय सञ्चालक समितीका गोबिन्द लिम्बु र पत्रकार प्रकाश पाक्साँवाले ४० विद्यार्थीहरुलाई जम्मा रु ५२ हजार रुपैयाँकाे छात्रवृति प्रदान गर्नु भएको

58Shares