धनकुटा हिलेमा वेटर र कुक सम्बन्धी तालिम शुरू

6Shares

चैत २४ धनकुटा ।

धनकुटाको हिलेमा एसिस्टेन्ट वेटर र ईण्डियन कुक सम्वन्धि ६५ दिने तालिम आजबाट शुरू भएको छ ।

ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टरकाे आयाेजना तथा नेपाल सरकार उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयाेजना (समृद्वी)काे आर्थिक सहयाेग तथा हेल्भेटास नेपालकाे प्राविधिक सहयाेगमा ३ सय ९० घण्टाकाे तालिम आजदेखि सञ्चालन गरिएकाे हाे ।

तालिममा सहभागी मध्ये २०/२० जनाकाे दुई समूह गरि ४० जनालाई ईण्डियन कुक र २० जनाकाे समूहलाई एसिस्टेण्ट वेटरकाे तालिम दिईने ब्रिलियन मेनपावर ट्रेनिङ सेन्टरका डिस्ट्रिक काेअर्डिनेटर रामप्रसाद विश्वकर्माले वताउनुभयाे ।

कृषि तथा गैर कृषि क्षेत्रमा आयआर्जन सम्वन्धि क्रियाकलाप गर्न लघु,घरेलु तथा साना उद्यम प्रदान गर्न तथा ग्रामिण गरिव घरपरिवार,आप्रवासी घर परिवार र आप्रवासनबाट फिर्ता भएकाहरुका लागि दिगाे आय आर्जनकाे श्राेत प्रदान गर्ने लक्ष्यका साथ तालिमकाे आयाेजना गरिएकाे डिस्ट्रिक काेअर्डिनेटर विश्वकर्माले जानकारी दिनुभयाे ।

तालिम उद्घाटन कार्यक्रममा वाेल्दै धनकुटा नगरपालिका १ का कार्यवाहक अध्यक्ष लालचन्द्र गाेङवाले स्थानिय युवाहरुलाई घरदैलाेमै आएर यस्ता तालिम दिएकाे प्रति आयाेजकलाई धन्यवाद दिदै तालिम सिकेपछि युवाहरुले स्थानिय स्तरका हाेटलहरु मै राेजगारीकाे सुनिश्चतता गराउन व्यक्तिगत तथा स्थानीय सरकारकाे तर्फबाट पहल गर्ने वताउनुभयाे ।

कार्यक्रममा उद्याेग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष तथा हाेटल एशाेसिएसनका अध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले प्रहरी चाैकीका प्रतिनिधि, मातृभूमी महिला समाजका प्रतिनिधि लगायतकाे उपस्थिती थियाे । स्वागत मन्तव्य प्रशिक्षक कमल घिमिरेले राख्नुभएकाे थियाे । सञ्चालन सुनिल सिंहले गर्नुभएकाे थियाे । तालिमका मुख्य प्रशिक्षकहरु अजित कर्ण,कमल घिमिरे र समीर थापाले प्रशिक्षण दिनेछन् ।

6Shares