१ नं.प्रदेशका पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभ कामना प्रदान।

26Shares

 

चैत २८ मोरङ्ग ।

नेपाल पत्रकार महासंघ १ नं प्रदेशका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विराटनगरमा आज खादा तथा टिका लगाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्वर १ का निर्वाचनका लागी उम्मेदवार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का निर्वाचित अध्यक्ष लिला बल्लभ घिमिरे,उपाध्यक्ष लवदेल ढुंगाना,महिला उपाध्यक्ष हिमा चेम्जोग, कार्यकारी सदस्यहरु सुशिला पाठक,ब्रह्देव यादव लगायतका विराटनगरमा उपलब्ध बिजयी पत्रकारहरुलाई टिका तथा अविर र खादा लगाई बधाई ज्ञापन गर्नु भएको थियो ।

सो अवसरमा उपाध्यक्ष तथा उम्मेदवार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले अव तीन बर्षसम्म प्रदेशका सवै पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका साथ क्षमता विकासका लागी निर्वाचित समितिले जिम्मा लिनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघको प्रदेश नम्वर १ को गत चैत्र २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रेस चौतारी नेपाल(माधव समुह)को संयुक्त प्यानलले पुरै सिटमा विजयी प्राप्त गरेकोे छ ।

संयुक्त प्यानलबाट नेपाल पत्रकार महासंघको प्रदेश नम्वर १ को अध्यक्षमा लिला बल्लभ घिमिरे,उपाध्यक्ष लवदेव ढुंगाना,महिला उपाध्यक्ष हिमा चेम्जोग, महासचिव विवेक गौतम,सचिव देवेन्द्र कार्की,समावेशी सचिव सन्तोष यादव,कोषाध्यक्ष बिमल लामिछाने, कार्यकारी सदस्यहरु तोया भट्टराई,गोपाल पोखरेल,सुरेन्द्र भण्डारी,लिलाराज झापाली,ध्रुम भट्राई,सुशिला पाठक,माला पालुंगाा,बिनु तिम्सिना,बिष्णु सुब्बा,यमन कुमार दनुवार,ब्रह्देव यादव,प्रमोद कुमार यादव,विपि दियाली,लिलाराज सुनुवार विजयी हुनु भएको हो । उहाहरु सवैलाई नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्वर १ का निर्वाचनका लागी उम्मेदवार छनौट तथा निर्वाचन परिचालन समितिका संयोजक विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी बधाई तथा शुभ कामनाका साथ सफल कार्यकालको लागी शुभ कामना समेत दिनु भएको छ ।

26Shares