धनकुटा उद्योग बाणिज्य संघद्धारा शुभ कामना आदन प्रदानका साथ पत्रकारहरुलाई बधाई

22Shares

धनकुटा ३१ चैत्र, धनकुटा उद्योग बाणिज्य संघद्धारा आज धनकुटामा नया बर्ष २०७८ को अवसरमा शुभ कामना कार्यक्रमसंर्गै नेपाल पत्रकार महासंघ धनकुटाको निर्वाचनमा निर्वाचित कार्य समितिलाई बधाई तथा शुभ कामना कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले स्वागत मन्तव्य व्यक्त गनूृ भएको थियो ।भने कार्यक्रमको संचालन तथा कार्यक्रमको उदेश्यमाथि महासचिव राम वहादुर तामांगले गर्नु भएको थियो ।
धनकुटा उद्योग बाणिज्य संघ २३ बर्ष निरन्तर रुपमा कार्यलय सचिवको रुपमा काम गरी अवकाश लिनु भएका जयन्द्र प्रधानलाई धनकुटा जिल्लाको उद्योग,व्यावाय र व्यापारको प्रवद्धनका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट सो अवसरमा सम्मान गरिएको थियो ।
सो अवसरमा घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य रेणु श्रेष्ठ,जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,धनकुटा यातायत व्यावसायी संघका अध्यक्ष दिनेश राई,नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ,घरेलु कार्यालय धनकुटका प्रमुख दिनेश ढुंगाना,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ,फोनिजका अध्यक्ष सन्तवीर लामा,कृषि पर्यटन प्रवद्धन अभियान समितिका महासचिव अस्मिका राई,फेन्सी व्यावसायी संघ धनकुटाका अध्यक्ष घनेन्द्र न्यौपाने,धनकुटा लेडिज जेसिसका अध्यक्ष व्रिसिका श्रेष्ठ,संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ,होटल एशोसिएसन धनकुटका पूर्व अध्यक्ष भुषण श्रेष्ठ,सौन्र्दय कला व्यवासायी संघ धनकुटाका अध्यक्ष किरण श्रेष्ठले शुभ कामना व्यक्त गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित केन्द्रिय सदस्य,प्रदेश उपाध्यक्ष र धनकुटा जिल्लाका कार्य समितिलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रेवती प्रसाद अधिकारी,शोभा श्रेष्ठ,उज्वल कर्माचार्य,रिदम श्रेष्ठ,लिजा श्रेष्ठ,नविन श्रेष्ठ,महेन्द्र थापा,देव वहादुर गहराज,नगेन्द्र काफ्ले लगायतले टिका अविर खादा लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गर्नु भएको थियो ।
यसैगरी नेपाल पत्रकारम हासंघका निर्वाचनका निर्वाचित धनकुटाकी सरिता वराईली,प्रदेश कार्य समितिका निर्वाचित हिमा चेम्जोग,धनकुटा जिल्लाको लागी निर्वाचित अध्यक्ष नगेन्द्र राई,उपाध्यक्ष देवकला कार्की,सचिव हरी वहादुर लम्जेल,सहसचिव द्धय पूर्ण कुमारी चौधरी,इश्वर थापा,कार्यकारी सदस्यहरु विकाश घिमिरे,मिनशा पोखरेल,विश्व श्रेष्ठ,विशाल लम्जेल,केन्द्रिय प्रतिनिधि सञ्जय सन्तोषी राई,खगेन्द्र घिमिरे,प्रदेश पार्षदहरु नयराज नेपाल,टि एल राई लगायतले समेत शुभ कामना व्यक्त गर्दै शुभकामना आदन प्रदान गर्नु भएको थियो ।

22Shares