तेह्रथुम फाक्चामाराको नवीन शिक्षा सदन मा बि माक एक शिक्षक सहित चार विद्यार्थी सम्मानित

18Shares

एक शिक्षक सहित चार विद्यार्थी सम्मानित

तेह्रथुम ३१ चैत
तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारा स्थित श्री नविन शिक्षा सदन माध्यमिक विद्यालयले विद्यालयमा स्थापित विभिन्न शिर्षकको छात्रवृती मंगलबार एक कार्यक्रमका विच वितरण गरिएको छ । कार्यक्रममा झमकलाल दाहाल स्मृती अक्षयकोषबाट कक्षा ११ का रुपेश कार्की र कक्षा १२ का गजेन्द्र कार्कीलाई प्रमाणपत्र सहित नगद रु.६ , ६ हजार रुपैययाँले पुरस्कृत गरिएको छ । यस्तै हिरादेवी स्मृति अक्षयकोष छात्रवृतीबाट कक्षा ११ का बन्दना दाहाल र १२ का दिपा फुयललाई जनही ६ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । छथर गाउपालिका ४ फाक्चामारामा जन्म भई हाल क्यानडामा कर्म थालाे वनाई रहनुभएका खेम दाहाल र मिनु दाहाल दम्पतीद्धारा स्वर्गीय बुबा आमा झमकलाल र हिरादेवी दाहालको स्मृतिमा छाेरा बुहारीले झमकलाल हिरादेवी छात्रबृती स्थापना गर्नुभएकाे थियाे । उक्त छात्रबृती अक्षयकाेष वि.स. २०६८ सालमा स्थापना गर्नुभएका हुन् । स्थापना देखि नै उत्कृष्ट छात्र छात्रा र शिक्षकलाई निरन्तर रुपमा छात्रवृती पुरस्कार प्रदान गर्दै अाईरहेकाे विद्यालयका प्रधानाध्यापक कृष्ण व. निराैलाले बताउनु भएकाे थियाे । यसैगरी दाहाल दम्पतीद्धारा स्थातिप खेमदाहाल उत्कृष्ट शिक्षा पुरस्कारबाट सोही विद्यालयका शिक्षक सुरेन्द्रकुमार सिंहलाइ नगद रु. १० हजार सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको शिक्षक टिकाराम कार्कीले जानकारी दिनुभयो । छात्रवृति प्रद्यानाध्यापक कृष्णवहादुर निरौला, अक्षयकोषदाता पिताम्बर दाहालले वितरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निरोज निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

18Shares