भुमिहिन किसान बस्तिमाथि स्थानीय सरकारको आतंकप्रति अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) को ध्यान आकर्षण

14Shares

वैशाख ३ झापा ।-नरेन्द्र कश्चित

झापाको दमक नगरपालिका वडा नं ७ पञ्चमुखिमा चैत्र २७ गते बिना सूचना प्रहरी परिचालन गरि भुमिहिन किसान वस्तिमा स्थानीय सरकारद्वारा डोजर आतंक मच्चाईएको घटनाप्रति अखिल नेपाल किसान महासंघ १ नं प्रदेश समितिले ध्यान आकर्षण भएको जनाएको छ ।

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) १ नं प्रदेश संयोजक हिम प्रकाश मिश्रद्वारा हस्ताक्षरित विज्ञाप्तिमार्फत स्थानीय सरकारको अमनबीय डोजर आतंक विरूध्दमा ध्यान आकर्षण भएको जनाएको हो ।

स्थानीय सरकारले भुमिहिन किसान वस्तिका घरमुलिहरूलाई गिरफ्तार गरि घर टहरा ध्वंसात्मक अमानबीय तरिकाबाट भत्काइएको विज्ञाप्तिमा जनाइएको छ ।वस्तिमा ७ घर परिवारका ३८ जना बेघरबार बनाई भोकभोकै खुल्ला आकाशमुनि बाँच्न बाध्य स्थानीय सरकारले बनाएकोप्रति गम्भीर ध्यान आकर्षण भएको अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) १ नं प्रदेश संयोजक मिश्रले विज्ञाप्ति मार्फत जनाउनु भएको छ ।

विभिन्न समयमा दमक नगरपालिकाको नाममा जाल साजीपूर्ण श्रेष्ठ कायम गरेको साथै राज्य नै जाल साजी गर्दै जनविरोधी कार्यमा संलग्न भएको आरोप विज्ञाप्तिमा उल्लेख गरिएको छ ।अमनबीय ढंगबाट भत्काइएको भुमिहिन किसानहरूको घरको पूर्ण निर्माण तथा तुरुन्त क्षतिपूर्ति प्रदान गर्न,गाँस बास र कपासको व्यवस्था गर्न स्थानीय सरकारसँग जोडदार माग समेत विज्ञप्तिमा गरिएको छ ।

गरिएको मागलाई वेवास्ता गर्दै दमन गरिए यसबाट उत्पन्न हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्थानीय सरकारले लिन पर्ने समेत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) १ नं प्रदेशका संयोजक मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

14Shares