सहिद पत्नि लक्ष्मी र महिला योद्धा रतनालाई अन्त्तरपार्टी महिला संजालको सम्मान

9Shares

वैशाख ५ धनकुटा ।

सहिद भीम नारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ, र महिला योद्धा रतना राईलाई अन्त्तरपार्टी महिला सञ्जाल धनकुटाले सम्मान गरेको छ ।

लोकतान्त्रिक आन्दोलनमा महिलाको तर्फबाट योगदान प्रदान गरेको भन्दै श्रेष्ठ र राईलाई अन्त्तरपार्टी महिला संजाल धनकुटाले सम्मान गरेको हो ।

संविधानको पूर्ण कार्यन्वयनमा राज्य चुक्दै गएमा महिला मुक्तिका लागी आन्दोलन गर्ने पर्ने दिन आउनसक्ने कार्यक्रमका सहभागी माहिला नेतृहरूले वताएका छन् ।

अन्त्तरपार्टी महिला सञ्जाल धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमांगले संविधानको पूर्ण रुपमा कार्यन्वयन भए पछि महिलाहरुको माग पुरा हुने वताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले धनकुटाका मन कुमारी तितुङ्ग,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला प्रशासन कार्यालय धनकुटाका सिता सुवेदी ,सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्म धनकुटाका निरिक्षक विश्वनाथ पोखरेल लगायतकाले महिलाहरुको क्षमता विकास संगै आर्थिक समृद्धीको विषयमा जोड दिदै राज्यको हरेक निकायमा महिलाहरुको अर्थपूर्ण सहभागीता गराउनु पर्ने वताउनु भयो ।

अन्त्तरपाटी महिला सञ्जाल धनकुटाका अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला आन्दोलनमा हाम्रो योगदान र भावी योजना विषयमा सञ्जालकी सचिव सुमना तिम्सिनाले प्रस्तुत गर्नुभयो भने स्वागत मन्तव्य कोषाध्यक्ष सुष्मा किराँतीले गर्नु भएको थियो। कार्यक्रको उद्धेश्यमाथि संजालकि पूर्व अध्यक्ष टिका भण्डारीले गर्नु भएको थियो ।

9Shares