५० हजार रुपैया विज्ञान विषयमा आकर्षण बढाउन छात्रवृत्ति अनुदान प्रदान

16Shares

वैशाख ७ धनकुटा ।

बिज्ञान बिषयमा आकर्षण बढाउन धनकुटाको छथर जोरपाटी गाउँपालिकाले शुरु गरेको छात्रवृत्ति अनुदान महाकाली मा.बि.ताम्लिङ्गका एक छात्रले पाएका छन् ।

२०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि. कक्षा ११ मा अध्ययनरत वडा नं. ५ का सुदिप लिम्बुले रु ५० हजार छात्रवृत्ति अनुदान सहयोग प्राप्त गरेका हुन् ।

छथर जोरपाटी गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्याथीहरुमा अभिरुची जगाउन यो बर्षबाट विज्ञान संकायमा उच्च मा.बि.तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रबृती अनुदान कार्यक्रम शुरु गरेको हो ।

गाउँपालिकाले माघ १९ गते प्रकाशित सूचनाका आधारमा यो बर्ष गाउँपालिकाका १० माध्यमिक बिद्यालयबाट लिम्बुको मात्र दरखास्त परेको थियो ।

छात्रवृत्ति अनुदान सहयोग ब्यबस्थापन तथा कार्यबिधी २०७६ अनुसार लिम्बूलाई नगद ५० हजार उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ ।

समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा आईतबार बसेको बैठकले तोकीएको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कक्षा १२ का लागि भने कक्षा ११ को मुल्यांङ्कनको आधारमा छात्रवृत्ति अनुदान दिईने समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनुभयो ।

16Shares