देव बास्कोटाको पहलमा सिद्धकाली मा.बि.लाई ७१ हजार बराबरको सामाग्री हस्तान्तरण

18Shares

वैशाख ७ तेह्रथुम ।

गत फागुन १४ गते आकस्मिक आगलागी भएको श्री सिद्धकाली माध्यमिक विद्यालय फेदाप २ ओयाक्जुङ तेह्रथुमलाई विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको जानकारी पछि फेदाप २ ओयाक्जुङ घर भई हाल परदेसमा रहने पुर्ब बिद्यार्थीहरुले सहयोग गरेका छन ।

परदेशमा कार्यरत डोलेश्वर जोगि २५ हजार ,कृष्ण उपुरकोटि ३० हजार ४ सय ५२, सकुन सुब्बा १० हजार त्यस्तै गङ्गा प्रसाद न्यौपाने ६ हजार गरि ७१ हजार ४ सय ५२ सहयोग गर्नु भएको हो ।

बिद्यालयलाई चाइने लाईब्रेरिका सम्पुर्ण पुस्तक साथै बास्कोटाको तर्फ देखी १५ हजार बराबरको साउण्ड सिस्टम सहयोग गरिएको संयोजक बास्कोटाले बताउनु भयो ।

समाजसेवी बास्कोटाको पहलमा स्थानीय कृष्ण न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक कुल प्रसाद दुलाललाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।समाजसेवि बास्कोटाले भने केहि दिन अघि ५७ हजार ७ सय बराबरको सामग्री समेत गर्नु भएको थियो ।

18Shares