भूमि समस्या समाधान आयोगको अभिमुखिकरण सम्पन्न

13Shares

वैशाख ८ धनकुटा ।

धनकुटाको सहिदभुमि गाँउपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग र सरोकारवाला वीच अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहानले आयोगले जोखिम पूर्ण अव्यवस्थित बसोबासका कारण बाढी पहिरो,भुकम्प जस्ता प्राकृतिक विपत्तिका कारण हुने ठूलो क्षतिको समस्या समाधान गर्नमा सहयोग पु¥याउने बताउनु भयो ।

सहिदभुमि गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड २०७७ ,आयोगको उद्देश्य,आयोगको जिम्मेवारी,लगत संकलन सम्बन्धि कार्यबिधि २०७७ र संबिधानको मौलिक हक,निर्देशन,सिद्धान्त नीतिको विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ ।

आयोग सँग जोडिएर बाँझिएको वन जंगल संग सम्बन्धित कानुन, वनलाई दिइएको अधिकार र वन ऐनको विषयमा पनि छलफल भएको थियो ।

गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै गाँउपालिका अध्यक्ष राईले सहिदभूमि गाँउपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासको लगत संकलन सात दिन भित्र संकलन गरिसक्ने जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याङ्क अनुसार गाँउपालिकामा २ सय ५० भूमीहिन सुकम्वासी रहेको बताउनु भयो । कार्यक्रमको सहजीकरण भूमिआयोगका अध्यक्ष नैना रुचाल , आयोगका विज्ञ सदस्य सावित्रा वान्तवा ,आयोगका सदस्य सचिव सुर्य भण्डारी र जिल्ला वन कार्यालयका प्रमुख मेघराज राई र फेकोफन धनकुटा अध्यक्ष निल बहादुर थपाले गर्नु भएको थियो ।

स्वागत मन्तव्य गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राईले राख्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य तथा सचिवहरूको उपस्थिती थियो ।

13Shares