धनकुटाको हिलेमा धनकुटा उद्योग बाणिज्य संघको करशिक्षा कार्यक्रम सम्पन्न


धनकुटा ८ बैसाख,धनकुटा उद्योग बाणिज्य संघको आयोजना तथा धनकुटा नगरपालिका र करदाता सेवा कार्यालय धनकुटाको सहयोगमा आज धनकुटाको व्यापारिक केन्द्र हिलेमा कर शिक्षा कार्यक्रम सम्पन्न भयो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उद्घाटन गुर्न हुदै कर व्यावसायी मैत्र हुनु पर्नेमा जोड दिदै व्यापारी तथा व्यासायहरुका लागी कर शिक्षा आवाश्यक रहेकोले संचालन गरिएको वताउनु भयो ।
कर शिक्षा कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग,करदाता सेवा कार्यालय धनकुटाका प्रमुख प्रदिप कटेल,धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष द्धय खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ,महासचिव राम वहादुर गोङ्वा,सदस्यहरु डिजेश शाक्य,नगेन्द्र काफ्ले,वितरक संघका उपाध्यक्ष सुन्दर आर्चाय,कोषाध्यक्ष विपिन थापा,व्यावसायी शान्ति खड्का,रमेश तिम्सिना, गोविन्द्र दाहाल कार्यालय सचिव सिचन प्रधान लगायतले कर शिक्षा सान्र्दभिक भएको वताउनु भयो ।
धनकुटा हिलेका उद्योगी,व्यावसायी तथा व्यापारीहरुको सहभागीता रहेको उक्त कर शिक्षा कार्यक्रमा करदाता सेवा कार्यालय धनकुटाका प्रमुख प्रदिव कटेल,नायक सुब्बा मनिसा दाहाल ले प्यान,भ्याट अन्तशुल्कको वारेमा प्रशिक्षण दिनु भएको थियो । भने कार्यक्रमको संचालन महासचिव राम गोङ्वाले गर्नु भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!