धनकुटाको पाख्रीबासमा नेपालकै ठूलो कफी खेति शुरू गरियो

30Shares

वैशाख ८ धनकुटा ।

पाख्रिबास नगरपालिका धनकुटामा ठूलो स्तरमा ब्यवसायीक कफी खेती शुरु गरिएको छ ।

बुधबार कृषि प्राबिधिक र संचारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिदै नेपालकै ठूलो कफी खेती भएको नगरपालिकाले दाबी गरेको छ ।

नगरपालिकाले गत बर्ष कृषि अभियान्त तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाब्यता अध्ययन गरि यो बर्षबाट खेती शुरु गरिएको जनाइएको छ ।

नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी शुरु गरेको छ ।

५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिनेछन् ।नगरपालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने मेयर बिर्खबहादुर राईले जानकारी दिनुभयो ।

आबश्यक नीति बनाएर नगर भित्र र सार्वजनिक रुपमा बिरुवा बितरण तथा बिक्री गर्ने मेयर राईले जानकारी दिनुभयो ।

30Shares